सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्ता


झण्डै तीन दिन टेलिभिजनको लागि अन्तर्वार्ता लिएर नेपालका एक सञ्चारकर्मीले विश्व रेकर्ड बनाएका छन् । सञ्चारकर्मी रवि लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्तामा विश्व कीर्तिमान बनाएका हुन् ।
न्यूज २४ टेलिभिजन मार्फत निरन्तर ६२ घण्टा १२ मिनेट अन्तर्वार्ता (टक शो) सञ्चालन गरेर लामिछानेले गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएका हुन्।
युक्रेनका दुई प्रस्तोताले सन् २०११ मा युक्रेनको च्यानल फाइव टिभीमा बनाएको ५२ घण्टाको रेकर्ड लामिछानेले तोडेका हुन् ।
बिहीबार बिहान १०.३४ देखि ‘विश्वले चिन्नेछ नेपाल’ नाम दिएर अन्तर्वार्ता कार्यक्रम थालेका लामिछानेले शनिबार राती १०. ३४ मा ६० घण्टाको लक्ष्य पुरा गरेका हुन् । प्रति घण्टा आरामका लागि प्राप्त गरेको पाँच मिनेट समय समेत जोडेर उनले कूल ६२ घण्टा १२ मिनेटको रेकर्ड बनाएका हुन् ।
‘वुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने सन्देश विश्वभर फैलाउन लामिछानेले अभियान थालिएको न्यूज २४ टेलिभिजनको दावी छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको अन्तर्वार्ताबाट सुरु भएको कार्यक्रम चर्चित अभिनेताहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अन्तर्वार्ताबाट समापन भएको छ ।
कुनै बेलाका चर्चित टेलिभिजन प्रस्तोता ३६ वर्षिय लामिछाने अमेरिकाको बाल्टिमोरमा रहेको एक रेस्टुरेन्टमा व्यवस्थापक छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>