पहिलोपटक मारवाडी साँस्कृतिक मेला


“संस्कार जोगाऔं, संस्कृति बचाऔं” भन्ने मूलसन्देशका साथ झापाका मारवाडी महिला मञ्चहरुले पहिलो पटक मावाडी सांस्कृतिक मेला आयोजना गरेको छ ।
मारवाडी महिला मञ्च भद्रपुर, विर्तामोड, धुलाबारी, शनिश्चरे, दमकले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् । मेलामा हस्तकला, फोटो प्रर्दशनी, मारवाडी क्याफे, मारवाडी परिकार सहित मनोरञ्जनात्मक मारवाडी नृत्य, कविता वाचन कार्यक्रम गरिएको थियो ।
मेलामा मारवाडी समुदायका परम्परागत भेषभुषा, खानेकुरादेखि आधुनिक परिकार समेत प्रर्दशनीमा राखिएको थियो । घर व्यवहारको सिमित घेरामा रहेका मारवाडी महिलाको प्रतिभा, प्ररफुटन एवम् संस्कृति संरक्षणका लागि लीक्षत गरीयस्तो कार्यक्रमको आयोजना गरिएको नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय सचिव निर्मला शर्मा जोशीले बताइन् ।
कार्यक्रममा महिला मञ्चकीअध्यक्ष सुशिला गोल्छाले मारवाडी संस्कृतिलाई सभ्यताको रुपमा अघि बडाउँदै आफ्नो समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रिय कलाकार अनुजा अग्रवाल र संजय अग्रवालले नृत्य प्रस्तुत गरेका थिए । युगल नृत्यमा धुलाबारी प्रथम र भद्रपुर द्वितीय भएका थिए भने सामूहिकमा भद्रपुर मारवाडी मञ्च प्रथम र धुलाबारी तिृतीय भएका थिए ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद बाग्लेको प्रमुख आतिथ्य तथा नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्ष सुशिला गोल्छाले विशेष आतिथ्यमा सम्पन्न मेलामा झापा भरि हरिएर रहेका मारवाडी समुदायको उल्लेख्य उपस्थिती रहेको थियो ।
विर्तामोडकी अध्यक्ष रेणुदेवी मङ्गलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सुनिता सर्राफले गरेकी थिइन् भने मारवाडी महिला उत्थानमा उल्लेख्य योगदान पु¥याउने शुलि गोल्छालाई सम्मान गरिएको थियो ।

चैत्र २५, झापा






प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>