‘औंठी र मोबाइल बेचेर एल्बम निकालेँ’
Posted by
purwanews
Published on
Monday, April 8, 2013
‘३० हजारको लागि औंठी बेचेँ, बाबु धनबहादुर रसाइलीले साउदीबाट एक महिना अघि पठाइदिनु भएको आठ हजार रुपैयाको मोवाइल चार हजारमा विक्रि गरें ।’ संघर्षशील कलाकार जुरेलीले भने, ‘२५ हजार रुपैया चारमहिना भित्र तिर्छु भनेर एक जना दिदिबाट सयकडा तीन ब्याजमा ऋण लिएको छु ।’
उनको वास्तविक नाम विनोद रसाइली हो । तर ०६७ सालमा जुरेलीको जुरो नामक हास्यव्यङ्ग्य पुस्तक प्रकाशित गरेपछि साथीहले उनको नाम ‘जुरेली’ जुराइदिए । नेपालका नेताहरु, कलाकारहरुको क्यारिकेचरबाट कला यात्रा सुरु गरेका २२ बर्षीय जुरेलीले उप्का नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा लागुपदार्थ दुव्र्यसनी, चेलीवेटी बेचविखनविरुद्ध जनचेतनामुलक सडक नाटक गरे । त्यसले उनको अभिनय कलालाई थप निखा¥यो । ऋण काढेर पैसा कमाउन कतार पुगेका उनी मेडिकलमा फेल भएपछि तीन महिनापछि फर्किए । ०६२ सालमा कक्षा पाँच पढ्दा ‘जिम हलैमा परें मत केटीको हुलैमा’ बोलको गीत लेखेका जुरेलीले भारतको लखनउ आर्मी क्याम्पमा एक बर्ष भाँडा माझेर कमाएको पैसा खर्चेर ०६६ सालमा रेकर्ड गरे । उनी भन्छन्, “त्यो गीत स्थानीय एफएममा बजाउन दिएको छु । त्यही गीत बजाउन लगाएर विभिन्न कार्यक्रममा नाच्छु ।” जस्तोसुकै संघर्ष गरेरपनि साँगीतिक यात्रामा सक्रिय जुरेलीले हालै ‘जुरेलीको मुस्कान’ नामक कमेडी गीतीे एल्वम सार्वजनिक गरेका छन् । एल्बम निकाल्न लामो कसरत गर्दै आएका जुरेलीले धरानको म्यूजिक मिडियाबाट एल्बम निकालेका हुन् । एल्बमका लागि ओम इन्टरप्राइजेजका ओमबहादुर गेलालले लागतको आधा रकम अर्थात् ३० हजार रुपैया सहयोग गरे । उनको एल्बम ‘जुरेलीको मुस्कान’मा समावेश गीतहरुमा समाजिक सचेतनाका र राष्ट्रिय भावनाले ओतप्रोत छन् । उनले हाँस्य रसमार्फत् सामाजिक विकृति विसंगतिलाई व्यंग्य गरेका छन् । इकु व्याक अगेन फिल्ममा राउटेको भूमिका खेलेका जुरेलीले नेपाल टेलिभिजबाट प्रसारण हुने जय होस टेलिसिरियलमा बोल्न नसक्ने डन र झ्याकुटी झ्याईमा खेम शर्माको पिए भएर समेत खेलेका छन् । कसैले अवसर दिएमा पृथक अभिनय र सामाजिक जनचेतना जगाउने, कमेडी भूमिका खेल्ने इच्छा भएको बताउँदै उनी भनछन्, ‘पैसा भन्दा पनि समाजलाई कला मार्फत योगदान दिने इच्छा छ ।’ अभावकै बिचमा ऋण लिएर एल्बम निकालेका उनले एल्बम बिक्रिबाट आउने रकमको १० प्रतिशत रकमले अनाथ र सडक बालबालिकालाई कपडा, कपि कलम किनेर दिने एल्बम विमोचनमै उनले घोषणा समेत गरेका छन् । उनको तर्क छ, ‘नेपालमा चलेका एल्बम बिक्रिबाट संकलित मध्ये १० प्रतिशत मात्र रकम अनाथ र सडक बालबालिकाको नाममा छुटाइदिए त्यस्ता बालबालिकाको शिक्षा, स्वास्थ्यमा खर्च गर्दै उज्वल भविष्य निर्माणमा सहयोग पुग्नेथियो ।’ प्रस्तुती : नवराज विष्ट |
प्रतिक्रिया दिनुहोस् >>
