बुढासुब्बा गोल्डकप सुरु


पूर्वकै प्रतिष्ठित बुढासुब्बा गोल्डकपको १५औं संस्करण आज देखि सुनसरीको धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सुरु भएको छ ।
आज भएको उद्घाटन खेल आयोजक धरान फुटवल क्लवले जितेको छ । सिएफसी भुटानलाई एकका विरुद्ध दुईगोलले हराउँदै धरान दोस्रो चरणमा प्रवेश गरेको हो । धरानका लागि खेलको छैटौं मिनेटमा प्रकाश बुढाथोकी र ७९ औं मिनेटमा सेगुनले गोल गरेका थिए भने भुटानका तर्फबाट एकमात्र गोल मध्यान्तर अगाडीको इन्जुरी समयमा सोरेनले गरेका थिए ।
गोल्डकपको १५ औ संस्करणमा दुई विभागिय नेपाल प्रहरी र नेपाल आर्मीसगैं दुइ विदेशी टिम सहित ८ वटा टिमको सहभागी हुदैछन् । प्रतियोगितामा भोली थ्रिस्टार क्लव काठमाण्डौ र साहरा क्लव पोखरा विच प्रतिष्पर्धा हुनेछ । ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले गोल्डकपसगैं नगद तीन लाख २५ हजार र उपविजेताले नगद एकलाख ६२ हजार पाँचसय रुपैया नगद पाउनेछन् । गतवर्षसम्म डेढलाख रुपैया रहेको पुरस्कारको राशी यसवर्ष बढाइएको हो ।
सुनसरी २४ चैत । शेखर ढकाल


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>