झापामा फेरी बर्डफ्लु
Posted by
purwanews
Published on
Thursday, April 18, 2013
जिल्ला पशु सेवा कार्यालय झापाका प्रमुख डाक्टर जगदिश पाण्डेले दिनु भएको जानकारी अनुसार मेची नगर ११ की शोभा कार्की, चन्द्रगढी ४ का धनबहादुर लिम्बु, पृथ्वीनगर ५ का प्रेमबहादुर जोगीका घरमा पालेका स्थानीय जातका कुखुरामा बर्डफ्लु फेला परेको हो भने भद्रपुर ८ का कृष्णप्रसाद सापकोटाले पालेका बोइलर कुखुरामा बर्डफलु पुष्टि भएको हो ।
जिल्ला पशु सेवा कार्यालयको दक्ष पशु चिकित्सक टोलीले आज विहान मेची नगर ८ की शोभा कार्कीका घरमा पालेका ८० वटा स्थानीय जातका कुखुरा र २ वटा हाँस नष्ट गरिएको छ भने भद्रपुर ८ का कृष्ण सापकोटाका घरमा पालिएका बोइलर ३ सय ९३ वटा र २ सय किलो चारो नष्ट गरिएको कार्यालयले जानकारी दिएको छ । अन्य स्थानमा आजै साँझमा नष्ट गर्ने पनि कार्यालयले जनाएको छ ।
वर्डफ्लुका संकट ग्रस्त क्षेत्र घोषणा नगरी झापामा वर्डफ्लु नियन्त्रण हुन नसक्ने विषेशज्ञहरुको भनाई छ । सीमावर्ती क्षेत्रमा अवैध रुपमा भारतीय बजारबाट कुखुरा भित्र्याएर बर्डफलुको आतङ्क मच्चाएको स्थानीयको आरोप छ ।
पंकज शर्मा, झापा, ५ वैशाख
प्रतिक्रिया दिनुहोस् >>
