नयाँ विज्ञापन र पूर्वन्युज डटकमको औपचारिक विमोचन
Posted by
purwanews
Published on
Sunday, April 28, 2013
पूर्वन्युज डटकम र नयाँ विज्ञापन साप्ताहिकको हिजो एक कार्यक्रमका बिच इटहरीमा औपचारिक उद्घाटन गरिएको छ । होटल व्यवशायी संघका केन्द्रिय सदस्यद्वय रविन गौतम, मणिन्द्र कटुवाल, इटहरीका व्यवशायी सुनिल अग्रवाल र इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेशराज कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नयाँ वर्षको अवसरमा होटल व्यवशायी संघ इटहरीले आयोजना गरेको साँगीतिक शुभकामना साँझमा औपचारिक विमोचन गरिएको हो । विगत केहीमहिनादेखि सञ्चालित नयाँ विज्ञापन साप्ताहिक विज्ञापन मात्र छापिने नेपालकै पहिलो पत्रिका र पूर्वन्युज डटकम पूर्वाञ्चलकै शशक्त समाचार अनलाइन हो ।
सुनसरी/वैशाख १५
प्रतिक्रिया दिनुहोस् >>
.jpg)
.jpg)
