चुनावका लागि ७५ जिल्लामा एपीएफ


सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले संविधान सभाको निर्वाचनलाई ध्यानमा राखेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले नयाँ वर्षको अवसरमा
आयोजित कार्यक्रममा मातहत अधिकृत तथा जवानहरुलाई शुभकामना दिने क्रममा सो निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरी बलको कार्यक्षेत्रभित्र नपर्ने जिल्ला र स्थानहरुमा समेत निर्वाचनको बेलामा परिचालित हुने जनाए । उनले देशका विभिन्न भागका एपीएफ इकाईहरुमा सिमित स्रोत, साधनका बावजुद सशस्त्र प्रहरी बलले अधिकतम उपलब्धीमूलक कार्य गरेको पाइएको भन्दै अझ इमान्दार भएर काम गर्न निर्देशन दिए ।
उनले सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रमार्फत् विभिन्न कल्याणकारी योजनाहरु कार्यान्वयन भइरहेको बताए । नेपाल एपीएफ स्कुल र अस्पताललाई विस्तार गर्ने, नियुक्ती तथा सरुवा बढुवा सम्बन्धी सामान्य सिद्धान्त, तीन वर्षे रणनीतिक योजना र दीर्घकालिन योजना अन्तर्गत १० वर्षे पुनर्संरचना तथा वृत्ति विकास योजना निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी समेत उनले दिएका छन् ।
कार्यक्रममा वर्ष दिनभरी एपीएफबाट भएका प्रमुख कामकारवाहीबारे विवरण समेत सम्बोधनमा प्रस्तुत गरिएको थियो । उक्त सम्बोधनलाई इन्ट्रानेटको माध्यमबाट मातहत इकाईमा श्रव्यदृश्य रुपमा तथा सशस्त्र प्रहरी सञ्चारबाट मातहत सम्पूर्ण इकाईमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।
गतवर्ष एपीएफले उपत्यकामा महानगरीय सशस्त्र प्रहरी कार्यालय स्थापना गरेको छ भने औद्योगिक सुरक्षाको जिम्मेवारी समेत प्राप्त गरेको छ ।
काठमाडौं, वैशाख २

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>