अपांगता भएकाहरु जुटे भवन बनाउन


एकातिर शारीरिक असक्षमता, अर्कोतिर सबैको सामुहिक संरक्षण र विकासको उच्च आकांक्षा । पटक्कै तालमेल नखाने यो अवस्थामा पनि सुनसरीमा शारीरिक अपांगता भएका व्यक्तिहरु सामुहिक हितका लागि अघि बढीरहेका छन् ।
अपांगता भएका व्यक्तिहरुको सामुहिक बसोबाससहितको संस्थाको भवन बनाउन जुटेका सुनसरीका अपांगहरुले भवन निर्माण सहयोगार्थ पुराण लगाएका छन् ।
सुनसरीको हाँसपोसामा निर्माण थालेको संस्थाको भवन निर्माणका लागि आर्थिक अभाव भएपछि उनीहरुले केही व्यक्तिको सहयोगमा पुराण आयोजना गरेका हुन् । आधामात्र बनेको भवनलाई बुधबारदेखि लगाइएको पुराणबाट संकलित सहयोगले पुरा गर्ने उनीहरुको आशा छ ।
अपांगता भएका व्यक्तिहरु अहिले समाजमा तिरस्कृत जीवन बाँचिरहेको र सरकारी तवरबाट पनि कुनै सहयोग नहुँदा जीवनयापनको लागि समेत समस्यामा परेको गुनासो गरिएको छ । अपांगता भएका व्यक्तिहरु आफै सक्रिय हुन नसक्ने तथा स्रोत साधनको अपर्याप्तताका कारण भवन निर्माणले गती लिन नसकेको मनोक्रान्ति अपांग र असहाय वृद्ध सेवा केन्द्रकी अध्यक्ष तृप्ता मगरको गुनासो छ ।
विभिन्न सामाजिक संस्थाहरुले आफ्नो संस्थाको भवन निर्माण गर्ने होड चलिरहेको अवस्थामा सुनसरीमा रहेको उक्त संस्थाले समेत दुई वर्षअघि संस्थाको भवन निर्माण कार्य थालेको थियो । संस्थाले ३७ लाख लागत लाग्ने पाँच कोठे भवन निर्माण थालेको भएपनि आर्थिक अभावका कारण हालसम्म ६ लाख मात्र लगानी हुन सकेको संस्थाकी अध्यक्ष तृप्ता थापामगरले कार्यक्रमका अवसरमा बताइन् । भवन बनेको खण्डमा पुर्वाञ्चलमा रहेका अपांगहरुको लागि आश्रम तयार हुने उनको भनाई छ ।
सुनसरी, चैत २२, photo: MinaMaya Khatri

अपांगता भएका व्यक्तिहरुको भवन निर्माणको लागि सहयोग गर्न चाहने दाता महानुभावले ९८४२०६६२३२ मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>