स्टेभियाको व्यवसायिक खेतीबाट कम लागतमा उच्चतम प्रतिफल


के तपाइलाई थाहा छ ? नेपालमा स्टेभिया (चिनी बिरुवा) को व्यवशायिक खेती भइरहेको छ । स्टेभिया खेतीबाट लाभै लाभ छ । स्टेभियाको विश्वबजारमा निकै ठूलो माग छ । तर मागको केही अंश पनि पूर्ती हुन सकेको छैन ।
विश्व बजारमा स्टेभियाको जति माग छ, त्यसको १० प्रतिशत मात्र आपूर्ती हुन सकेको छ । विश्वभर स्टेभियाको खेती बढ्दै गइरहेको छ । भारतमा चिनी बजारको ३९ प्रतिशत र जापानमा ५१ प्रतिशत हिस्सा स्टेभियाले लिएको छ र यो बढ्दो क्रममा छ ।
नेपाल सरकार अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण २०६६ अनुसार नेपालमा चिनीको आवश्यकता पुरा गर्न १ लाख हेक्टर जमिनमा उखु खेती गर्नुपर्छ । तर मात्र १ हजार ५ सय हेक्टरमा गरिएको स्टेभिया खेतीले नेपालमा चिनीको माग पुरा हुन्छ ।
नेपालमा “स्टेभिया खेति गरौँ, स्थानीय स्तरमै रोजगारी सृजना गरौँ” भन्ने नाराका साथ ग्रीनसप नेपाल, नेपाल ग्रीन प्रालिले व्यवसायीक रुपमा स्टेभियाको खेती सुरु गरेको छ । कम्पनिले स्टेभिया खेतीको लागि परामर्श गर्ने, माटो परिक्षण गर्ने, हावापानी सुहाउँदो उन्नत जातको बिरुवा उपलब्ध गराउने, उत्पादित स्टेभिया किनेर किसानहरुलाई बजार व्यवस्थापनको लागि सहयोग गर्दै आएको छ । नेपालको माटो स्टेभिया खेतीका लागि उपयुक्त भएकोले स्टेभिया खेती गरेर चिनीको लागि विदेशिइरहेको नेपाली मुद्रा रोकिने मात्र होइन, आफ्नै खेतबारीमा स्टेभिया उत्पादन गरी राम्रो आम्दानि लिन सकिन्छ ।
ग्रीनसप नेपाल, नेपाल ग्रीन प्रालि आगामी २ वर्षभित्र १,५०० हेक्टरमा स्टेभिया खेती गर्ने लक्ष्यका साथ अघि बढिरहेका छ ।
तपाइ पनि स्टेभिया खेती गरेर कम लगानीमै उच्च प्रतिफल लिन चाहनुहुन्छ ?

खेती गर्ने तरिका
नेपाली नाम ः चिनी बिरुवा, चिनी झार
परिचय ः स्टेभिया प्राकृतिक रुपमै गुलियो हुने सदाबहार वनस्पती हो । पहिलो पटक दक्षिण अमेरिकाको पाराग्वे र ब्राजिलमा पाइएको स्टेभियाको व्यवसायिक खेती अमेरिकी तथा यूरोपेली मुलुक र एसियामा गरिएको छ । स्टेभिया चिनीभन्दा दुई देखि तीन सय गुणासम्म गुलियो हुन्छ । त्यसैले यसलाई उखु तथा चिनीको विकल्पको रुपमा प्रयोग गरिन्छ ।
उपयोगिताः विश्वस्वास्थ्य संगठनले यसलाई स्वास्थ्यवद्र्धक प्रमाणित गरेको छ । गुलियोजन्य पेय र खाद्य परिकारहरुमा यसको प्रयोग गरिन्छ । डायबेटिजका बिरामीहरुलाई विशेष उपयोगि छ ।
खेती प्रविधीः तराई, चुरे र १५०० मिटरसम्मको पहाडी भु–भाग खेतिको लागी उपयुक्त हुन्छ । हल्का बलौटे माटो, पानी नजम्ने र मध्यम पिएच भएको माटो हुनु पर्दछ । सिचाईको व्यवस्था हुनु पर्दछ । वैकल्पिक थोपा सिचाई पनि गर्न सकिन्छ ।
बाली लगाउने समयः फागुनदेखि जेठसम्म र असोज कात्तिक महिनाहरुमा प्रति रोपनी १,०००–१,२०० सम्म बिरुवा रोप्न सकिन्छ । ठाउ“ हेरी ५–६ वर्षसम्म एउटै बोटबाट बाली लिन सकिन्छ ।
बाली संकलनः वर्षमा ३–४ पटकसम्म बिरुवा रोपेको ३–४ महिना भित्र फूल फूल्नुअघि । जमिनदेखि ८–१० इन्च माथि पुरै काटि पात संकलन गर्नुपर्दछ र छाया“मा सुकाउनुपर्छ । सोलार ड्रायरको प्रयोग पनि गर्न सकिन्छ ।
लागतः प्रति रोपनी १,००० विरुवा रु. ३० का दरले रु. ३०,०००, प्राङ्गारिक मल र अन्य रु १०,००० गरी जम्मा रु. ४०,०००
आम्दानीः प्रति रोपनी ३००–४०० केजीसम्म सुकेको पात संकलन गर्न सकिन्छ । यसरी प्रति केजी रु. २००–३०० को दरले ९० हजार–१ लाख २० हजार रुपैयासम्म वार्षिक आम्दानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>