एक गाग्री पानी भर्न रातभर


ओखलढुंगाको रातमाटेवासी दुई वर्षदेखि एक गाग्री पानी भर्न रातभर जागै बस्ने गरेका छन् । 
२६ वर्षदेखि सञ्चालन हुँदै आएको 'धोक्रेठाँटी खानेपानी योजना' बिग्रेपछि स्थानीयले यस्तो सामना गर्नुपरेको हो । 'कतिपयले यो कुरा सुनाउँदा पत्याउँदैनन्,' स्थानीय खेमराज कार्कीले भने, 'अघि बिहान तीनैबजे पानी भर्न कुवामा दुई गाग्री लिएर पुग्दा अरूले पानी भरेकाले मैले एक गाग्री मात्र भर्न पाएँ । अर्को गाग्री फिर्ता ल्याउनुपर्‍यो ।' एक गाग्री पानी ल्याउन एक घन्टादेखि तीन घन्टासम्म लाग्ने कार्कीले बताए । 'दिनभरको काम सकेर पानी लिन गाउँघरका दिदीबहिनी राति १२ बजेसम्म कुवामा पालो पर्खिने गर्छन् ।' स्थानीय रातमाटे २ की तिर्था खतिवडाले भनिन्, 'पानीको समस्या भनिसाध्य छैन ।' २०४३ सालबाटै सञ्चालन गरिएको योजनाअन्तर्गत रातमाटेको १, २, ३, ४, ५, ६, ७ र सेर्नाको वडा १ गरी जम्मा आठ वटा वडाका ४ सय ७८ घरधुरी यस्तो समस्यामा परेका हुन् । 
पाँच किलोमिटर टाढाको मुहान रातमाटे झरनाबाट ल्याइएको पानीको पाइप र ट्यांकीलगायत अधिकांश पूर्वाधार पुरानो भएकाले मर्मत गर्न धेरै रकम लाग्ने धोक्रेठाँटी खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष गणेश कोइरालाले बताए ।
चैत्र १८, ekantipur, photo : online

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>