बदनामको लागि पूर्वमा भुवन


उदयपुरबाट सांगीतिक संघर्ष थाल्दै काठमाडौं पुगेका भुवन, एक दशकदेखि नेपाली साङ्गितिक क्षेत्रमा सक्रिय छन् । २०६० सालमा तिम्रो माया, २०६५ मा सजेशन, २०६७ मा मायाको फूलबाट चर्चा कमाए भुवन हालै बदनामबाट नाम कमाइरहेका छन् । “काम गरेनी कसैले अपजस त पाकै छ”, “इलाम बजार घुम्ने रहर आज पूरा भो”, “आइडि छ कि छैन बैनी”, “मायाको फूल टिपी” लगायतका लोकप्रिय गीतहरु उनैका हुन् ।  साङ्गीतिक कार्यक्रम र बद्नाम नामक एल्बमको प्रमोशनका लागि पूर्व आएका बेला उनीसँग गरिएको अन्तरंग:

बदनामको नाम कस्तो छ ?
एकदमै नाम दिइराखेको छ । यसै एल्बमको गजल “तिम्लाई निथ्रुकै रुझायो झरीले”, “आशुको दाग यो रित्तो मनमा सारेर गयौ, मुटुमा राखी मायाको झिरले मारेर गयौ”, “तिमीलाई पर्खि बस्दा धैर्यताको बाँधै टुट्यो, नचाहँदा नचाहँदै पनि” लगायतका गीतहरु अहिले मिडियामा छाइरहेका छन् ।

अघिल्लो समयमा आलोक श्रीको संगीतमा काम गर्नुभाथ्यो अहिले सोलो आफै गर्नु भाछ नि हैन ?
हो, मैले योभन्दा अगाडि दीप श्रेष्ठ, कुमार कान्छा, राजेशपायल राई, सत्यकला राईलगायत धेरैलाई आफ्नो संगीतमा गीत गाउन लाएको छु र मेरो जीवन कै पहिलो गीत “मैच्याङ तिमी त रैछौ सारै लजालु” बाट पहिलो पटक संगीतकर्ममा प्रवेश गरेको थिएँ । मैले संगीत गरेका केही गीतहरुले सफलता पनि पाएका थिए । आफूभन्दा सिनियरहरुले पनि मेरो संगीतमा गाइसकेका हुनाले किन आफ्नो एल्बममा नगर्ने भन्ने भावनाले यसपाली बदनाम एल्बममा सोलो संगीत गरेको हुँ ।

बदनामको प्रमोशन बाहेक अहिले के गर्दै हुनुहुन्छ ?
अहिले गीतकार विश्वकाजी राई, रामप्रसाद राई, कान्छी शेर्पेनी र तीन वटा सोलो एल्बमको संगीत गरिरहेको छु । एउटा नेपाली चलचित्रमा संगीत गरिरहेको छु र आफ्ना फुटकर गीतहरु साथै कलेक्सन एल्बमहरुमा पनि स्वर र संगीत दिने क्रममा छु । आफ्नो परिसिने संगीत प्रालि समेत सञ्चालन गरिरहेको छु ।

आगामि दिनमा तपाईका कस्ता किसिमका गीतसंगीत श्रोताले सुन्न पाउने छन् त ?
पहिले मैले यथार्थवादी ठाउँ परिवेश र फिल्मी, पप, लोक, आधुनिक, भजन पनि गाएँ । पछिल्लो समयमा आएको बदनाममा पहिलो पटक गजल पनि गाएँ । अब चाहिँ म एउटा सोलो राष्ट्रिय भावनाले ओतप्रोत एल्बम गर्दैछु । साथै गीतसंगीतमा नयाँनयाँ प्रयोग गर्ने र नेपाली बाजाहरुको समिश्रण भएको सुफी एल्बम पनि गर्ने सोचमा छु । साथै मेरा एल्बमका भिडियोहरु पनि चाँडै आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>