टोलविकास संस्था निस्क्रिय हुँदा लघु वित्त ओझेलमा
Posted by
purwanews
Published on
Sunday, March 31, 2013
टोल विकास संस्थाहरु निस्क्रिय भएपछि टोलविकास संस्थाहरुको बचतलाई संकलन गरी एकीकृत लगानी गर्ने योजना असफल भएको छ ।
एक वर्षअघि स्थापना गरिएको सो सहकारी संस्थामा हालसम्ममा १२ वटा मात्र टोलविकास संस्थाहरु आबद्ध भएर बचत गरिरहेको संस्थाले जानकारी दिएको छ । डेढसय बढी सहकारी संस्थामध्ये एक दर्जन मात्र आबद्ध भएपछि यो सहकारीले लक्ष्य पाउन नसक्ने अवस्था सृजना भएको छ ।
सहकारीमा आबद्ध हुन टोलविकास संस्थाले पाँच हजार रुपैयाको शेयर खरीद गरी मासिक पाँच सय रुपैया जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ । तर टोलविकास संस्थाहरु नै निस्क्रिय जस्तै बनेपछि अहिले व्यक्तिगत बचत संकलन र परिचालनमै यो संस्था खुम्चिएको छ ।
सहयोगी दातृ निकायको अभावमा इटहरी नगरपालिकाले पछिल्लो समयमा टोल विकास संस्था परिचालनको कार्यक्रम स्थगित गरेको छ । सोही कारण नगरपालिकाले प्रभावकारी समन्वय र परिचालन गर्न नसक्दा एकीकृत बचत संकलन र ऋण परिचालन हुन नसकेको जनाइएको छ ।
सुनसरी, चैत १८
प्रतिक्रिया दिनुहोस् >>
