गर्भवती बनाउने कुर्सी, ५७ जनाको एउटै कट्टु
Posted by
purwanews
Published on
Monday, March 25, 2013
गर्भवती बनाउने कुर्सी स् बेलायतको बेडफोर्डसायरको मूर प्यालेस होटलमा रहेको यो कुर्सीमा होटलका महिला कर्मचारी बसेपछि गर्भवती हुने गरेका छन् । अहिलेसम्म यो कुर्सीमा बसेकैले ७ जना महिला कर्मचारी गर्भवती भएपछि यो खुबै चर्चाको विषय बनेको छ । यो होटल असामान्य रहेको बताइन्छ । त्यसैले यसलाई फर्टिलिटी चेयर भन्ने गरिएको छ । वास्तवमा बच्चा नभएका विवाहित महिला यो कुर्सीमा बसेपछि सहजै गर्भ रहन्छ ।
५७ जनाको एउटै पेन्टी स् वास्तवमा पेन्टी नै यस्तो चिज हो, जो सामान्यतया आपसमा साटफेर गरिँदैन वा एकजनाले मात्र लगाइन्छ । तर यो कुरालाई चुनौति दिँदै ५७ जना मानिसले एउटा मात्र पेन्टी लगाएका छन् । गिनिज बुकमा नाम लेखाउने क्रममा ५ मिटर लामो तथा डेढ मिटर चौडा यो पेन्टीभित्र ५७ जना युवायुवतीले जिउ छिराए ।
२३ वर्षमै हजुरआमा स् बेलायतकी २३ वर्षकी रिफ्का स्टेनेस्क्यू विश्वमा सबैभन्दा कान्छी हजुरआमा हुन् । उनकी ११ वर्षकी छोरीले बच्चा जन्माएपछि उनी हजुरआमा बनेकी हुन् । स्मरण रहोस् उनले १२ वर्षको उमेरमा पहिलो बच्चा पाएकी थिइन् ।
पाकिस्तानमा ७० हजार जनाले एकैचोटी राष्ट्रिय गान गाएर विश्वरेकर्ड कायम गरेका छन् । नेशनल हकी स्टेडियममा ७० हजार जनाले सामुहिक रुपमा पाकिस्तानको राष्ट्रगान गाएका हुन् । onlinekhabar
प्रतिक्रिया दिनुहोस् >>
