सामान्य विवादले आकस्मीक सेवा बन्द
Posted by
purwanews
Published on
Sunday, March 24, 2013
स्वास्थ सेवा ऐन अनुसार प्राथमिक स्वास्थ केन्द्रको प्रमुख डाक्टर हुने व्यवस्था भएपनि स्वास्थ्य मन्त्रालयमा दरबन्दी रहेर काजमा मात्र रहेका चौधरीले प्राथमिक स्वास्थ केन्द्र इटहरीको प्रमुखकै नाताले केन्द्रको लेटर प्याड नै दुरुपयोग गरि आकस्मीक सेवा बन्द भएको जानकारी गराएका छन् । उनले केन्द्रमा कुन्दनकुमार दास र सन्दिप राईले तोडफोड गरेकाले उनीहरुलाई कार्बाहि गर्नुपर्ने र क्षेत्राधिकार भन्दा बढी अधिकार प्रयोग गरि दासलाई केन्द्रमा पदस्थापन गराउने प्रयास गरेको भन्दै जिल्ला जनस्वास्थ प्रमुख डा. श्रीराम साहलाई समेत विभागिय कार्बाहि गर्नुपर्ने माग गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूती नभएको र सुरक्षाको प्रत्याभूती नभएसम्म रात्रीकालिन सेवा सुचारु गर्न नसक्ने उनले बताएका छन् ।
केन्द्रमा सिनियर अहेवको पदमा सोनापुर उपस्वास्थ चौकीबाट सरुवा भई आएका दासलाई स्वास्थ केन्द्र इटहरीमा काजमा रहेका चौधरीले हाजिर गर्न नदिएपछि यसअघि विवाद भएको थियो । एमाओवादी निकट स्वास्थकर्मी रहेका दासले, स्वास्थ सेवा विभाग तथा जिल्ला जनस्वास्थ कार्यालय सुनसरीको फागुन २१ गतेको निर्णय अनुसार सरुवा भई २८ गतेदेखि लगातार हाजिर गर्ने प्रयास गरेपनि चौधरी सहितको समूहले रोकेपछि एमाओवादीका युवाहरुको समूहको सहयोगमा बलजफती हाजिर गरेका थिए ।
विवादकै बिच सुरुवा प्रयास भएका स्वास्थकर्मी एपोलो भगत, सूर्य थापा सहित एमाओवादीका केहि कार्यकर्ता सहितको टोली लिएर पुगेका दासले कार्यालयको दराज समेत फोडेर जबरजस्ती हाजिर गरेको एमाले इटहरीले आरोप लगाएको थियो ।
दासले हाजिर गरे लगत्तै पुगेको एमालेका इटहरी स्तरीय नेता तथा युवासंघका कार्याकर्ता सहितको टोलीले पनि हप्की दप्की गर्दै दासलाई पनि बलजफती कार्यालयबाट हटाएको थियो । एमाले निकट रहेका स्वास्थकर्मी चौधरीको बचाउ गर्दै एमालेले दरबन्दि नै नभएको ठाउँमा आएर दासले विवाद निम्त्याउन खाजेको बताएका थिए ।
स्वास्थ विभागले सरुवा तथा पदस्थापन भएका सुनसरीका सबै स्वास्थकर्मीको सरुवा बदर गरिसकेको छ ।
नियम अनुसार चौधरी मन्त्रालय फिर्ता जानुपर्ने भएपनि अधिकार दुरुपयोग गरि उनले सरकारको निर्णय र कानुनको बर्खिलाप गरिरहेको जिल्ला जनास्वास्थ प्रमुख श्रीराम साहले बताए । चौधरीलाई कामकाजमा सहयोग गर्न इटहरी केन्द्रमा ल्याईएको भएपनि उनी केन्द्रमा हाकिम भएर बसेको साहले बताए । स्वास्थकर्मीको विवादले आकस्मीक सेवा बन्द हुदा इटहरीका सर्वसाधरणहरु आकस्मीक सेवा लिन धरान र बिराटनगर जान बाध्य छन् । हालै चौथोबाट पाँचौ तहमा बढुवा भएका स्वास्थ्यकर्मीहरुको पदस्थापनाका विषयमा देशभर नै विवाद हुदै आएको छ ।
सुरेश घिमिरे
इटहरी, १ चैत
प्रतिक्रिया दिनुहोस् >>
