नम्बर पोर्टाबिलिटीमा जोड
Posted by
purwanews
Published on
Sunday, March 24, 2013
नेपालको दूरसञ्चार सेवाको गुणस्तर अध्ययन र उपयुक्त संयन्त्रका लागि सुझाव दिन आएको टोलीका सदस्य आइटीयूका वरिष्ठ सल्लाहकार समिर शर्माले नम्बर पोर्टाबिलिटीको व्यवस्था नै गुणस्तर सुधारको उपयुक्त उपाय भएको बताए। उनले भने, ‘यसले उपभोक्तालाई बलियो र सेवा प्रदायकलाई सेवाको गुणस्तर सुधारमा दबाब दिन्छ।’ उनले यसखालको व्यवस्थाले सेवाको क्षेत्रमा गुणस्तरको प्रतिस्पर्धा हुने र उपभोक्तालाई फाइदा पुग्ने बताए। भारत लगायतका अन्य देशमा यसखालको व्यवस्थाले सेवाको गुणस्तर सुधारमा सकारात्मक प्रभाव परेको छ।
नेपालमा पनि नम्बर पोर्टाबिलिटीको व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणले अध्ययन गरिसकेको छ। उसले मोबाइल सेवाको चाप ६० प्रतिशत कटेपछि मात्र यसखालको व्यवस्थाका बारेमा गृहकार्य गर्ने जनाएको थियो। प्राधिकरणको तथ्यांक अनुसार मंसिर सम्मको दूरसञ्चार तथ्यांकमा नै मोबाइलको चाप ६२ दशमलव ६८ पुगिसकेको छ। तर पनि यो आर्थिक वर्षो प्राधिकरणको स्वीकृत कार्यक्रममा यसखालको व्यवस्था गर्नेबारे उल्लेख छैन।
के हो नम्बर पोर्टाबिलिटी?
नम्बर पोर्टाबिलिटी भनेको मोबाइल नम्बरको मोबिलिटी हो। जुन उपभोक्ताले कुनै एक सेवा प्रदायकबाट लिएको सेवा मन नपरेको खण्डमा सोही नम्बरमा अर्को सेवा प्रदायकको सेवा लिन सकिन्छ। यसमा सीम परिवर्तन वा सेवा परिवर्तनसँगै नम्बरमा कुनै पनि परिवर्तन हुँदैन। जस्तो उदाहरणका लागि एनसेलको ९८०XXXXXXX नम्बरको मोबाइल लिएको कुनै पनि व्यक्तिलाई एनसेलको सेवा मन परेन वा महँगो जस्तो लाग्यो भने उसले सजिलै एउटा निवेदन दिएर सोही नम्बरमा नेपाल टेलिकमको मोबाइल सेवा लिन सक्छ। यस खालको व्यवस्थाले उपभोक्तालाई मोबाइल नम्बर माथिको स्वामित्व दिन्छ। जसमा उसले आवश्यक लागेको वा राम्रो ठानेको सेवा प्रदायकबाट सेवा लिन सक्छ। doorsanchar
प्रतिक्रिया दिनुहोस् >>