किसान मर्कामा बिचौलिया मालामाल
Posted by
purwanews
Published on
Saturday, May 10, 2014
धरान / धरानस्थित कृषि उपज बजारका अनुसार यस वर्ष अदुवाको मूल्य प्रतिकेजी १ सय ७० देखि १ सय ७५ रुपैयाासम्ममा कारोबार भइरहेको छ ।यो १० वर्षकै उच्च हो तर कृषकहरुले प्रतिकेजी १ सय ३० देखि १ सय ४० रुपैयााभन्दा माथि पाउन सकेका छैनन् ।वर्षभरि कृषकहरुले दु :ख गरेर उत्पादन गरेको वस्तुको मूल्य बिचौलियाहरुले तोकिदिने गरेका कारण किसान मर्कामा परेका छन् भने बिचौलिया र व्यापारीहरु मालामाल बन्ने गरेका छन् ।
व्यापारीहरु नै पनि बिचौलियाका कारण व्यवसायमा अत्यधिक प्रतिष्पर्धा बढेको गुनासो पोख्छन् । अदुवा व्यापार गरिरहेका कृषि उपज बजारका विनोद कुलुङले बिचौलियाका कारण किसानभन्दा बढी व्यापारीहरु नै समस्यामा पर्न थालेको बताए ।
पूर्वको ९५ प्रतिशत अदुवाको बजार भारत नै हो तर कृषकहरु आफूहरुले बजार मूल्य नपाएको गुनासो गर्छन्
प्रतिक्रिया दिनुहोस् >>