भ्रष्टाचारविरुद्ध आवज उठाउने व्यक्ति प्रहरी खोरमा
Posted by
purwanews
Published on
Wednesday, January 8, 2014
भैरहवा । गैह्र सरकारी संस्थामा बढेको भ्रष्टाचारविरुद्ध आवज उठाउने व्यक्ति प्रहरी खोरमा पुगेका छन् । भैरहवाको नमूना एकीकृत विकास परिषद्मा भएको भ्रष्टाचारबारे सरकारी निकायमा उजुरी दिने गोपाल बञ्जाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
दूव्र्यसनीहरुलाई उपचार गर्ने भन्दै खोलिएको नमूना एकीकृत विकास परिषद्मा भएको भ्रष्टचारबारे उजुरी गरेको सजायस्वरुप बञ्जाडेलाई भैरहवामा पक्राउ गरी हत्कडी लगाएर काठमाडौं पुर्याइएको छ ।
भ्रष्टचारविरुद्ध आवाज उठाउने चारजनामध्ये एकजनलाई साईवर क्राईमअन्र्तगत प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार भैरहवामा उक्त संस्थाका पूर्व कर्मचारीले पत्रकार सम्मेलन गरेर आफूहरु लामो समयदेखि उक्त संस्थाबाट ठगिएको बताएको बताएका थिए ।
पूर्वकर्मचारीको पक्षमा बोल्दै आएका बञ्जाडेलाई नक्कली ईमेल प्रयोग गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान महाशाखा काठमडौंको आदेशमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बञ्जाडेलाई उनको कम्प्युटरसहित पक्राउ गरेर महाशाखालाई बुझाएको छ ।
संस्थाबाट एउटै मितिमा तीन हजार र नौ हजारको बिल कटिएको नमुनाका तालिम संयोजक खगेन्द्र प्रसाद खत्रीले पत्रकार सम्मेलनमा स्विाकार गरेका छन् । पछिल्लो सयय नमूनाका पूर्व कर्मचारी राजेश कारुसले नमूना विरुद्द कुनै उजुरी नदिएको झुटो बयान दिएका छन् । नमुनाको पत्रकार सम्मेलनमा पहिला पीडितको पक्षमा रहेका कारुस अहिले नमूनाको पक्षमा लागेपछि लागूऔषध प्रयोकर्ताहरु ठग्दै आएको कुरा झन रहस्यमय बनेको छ ।
पक्राउ परेका गोपाल बञ्जाडेले गोपनीयता भंग हुन नदिन फरक ईमेलबाट विभिन्न निकायमा उजुरी दिएका थिए । ईमेल ठेगाना रुपन्देहीको एडभोकेसी फोरम नेपालसँग मेल खाएको छैन । उनलाई एडभोकेसी फोरमको ईमेल प्रयोग गरेको आरोप लगाइएको छ । गुगलले कुनै एउटा इमेल बनाएको नाममा अर्को ईमेल बनाउन मान्दैन ।
एक कानूनव्यवसायीले कुनै पनि संस्थाको ईमेल चोरेर प्रयोग गर्नु गैरकानुनी हो भने उस्तै ईमेल बनाएर प्रयोग गर्नु गैर कानुनी नुहने बताए ।

प्रतिक्रिया दिनुहोस् >>