एसएसलसीको ट्युसन सञ्चालन बिना अनुमति नपाइने
Posted by
purwanews
Published on
Saturday, January 11, 2014
जुम्ला । जिल्ला शिक्षा कार्यालय जुम्लाले अवैधानिक तवरबाट एसएलसीका कोचिन कक्षा सञ्चालन गरेका सञ्चालकलाई वैधानिकता नलिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
शिक्षा नियमावलीअनुसार कोचिन कक्षा सञ्चालन गर्न जिल्ला शिक्षा अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने प्रावधान भए पनि जुम्लामा त्यसको बेवास्ता गरी मनपरी ढङ्गबाट कोचिन कक्षा सञ्चालन गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी जीवनबहादुर भण्डारीले बताए ।
यता जिल्ला बाल क्लब सञ्जाल र जिल्ला बालकल्याण समितिले त्यस्ता कोचिन कक्षाको अनुगमन गरी शिक्षकले मापदण्डअनुसार अध्ययन अध्यापन नगरेको प्रतिवेदन जिल्ला शिक्षा कार्यालयमा पेस गर्दै गुणस्तरीय शिक्षा र बालबालिकाको स्वतन्त्र पढ्न पाउने अधिकारको हनन भएको प्रष्टयाएका छन् । त्यसैगरी जिल्ला बाल क्लब सञ्जाल अध्यक्ष राजन नेपाली नेतृत्वको टोलीले अव्यवस्थित ढङ्गबाट भएका कक्षा सञ्चालनको नियमनका लागि जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको छ ।
शिक्षा ऐन, नियमावलीअनुरुप सञ्चालन नभएका ब्राइट फ्युचर, मनकामना र पाल टयूसन सेन्टरलगायतका अन्य टयूसन सेन्टरको यही पुस २८ गते आइतबार अनुगमन गर्ने र मापदण्ड बमोजिम सञ्चालन नभएका टयूसन सेन्टरलाई आवश्यक कारबाही गर्नुका साथै धरौटी जफत गरिने निमित्त जिल्ला शिक्षा अधिकारी भण्डारीले बताए । बाल अनुगमन टोलीले भने एउटै कक्षामा ७० देखि १०० जना विद्यार्थी भएकाले कक्षाकोठा कक्षाजस्तो नभई सम्मेलन हलजस्तो भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस् >>