रानी र आदित्यको बिवाह फ्रेबुअरी १० मा
Posted by
purwanews
Published on
Wednesday, January 1, 2014
उसो त बलिउड सुन्दरी रानी मुखर्जी र निर्माता आदित्य चोपडाको विवाहको कुराले बलिउडलाई सधै नै तताएको छ । तर पनि यो जोडीको बिषयमा आजसम्म आएका थुप्रै समाचारहरुले सत्यता पाएका छैनन् । तर नयाँ बर्षको सुरुवातसँगै फेरि यो जोडीको बिवाहको कुराले चर्चा पाएको छ ।भारतीय संचारमाध्यमहरुले रानी र आदित्यले फ्रेबुअरी १० मा बिहे गर्न लागेको जनाएका छन् । निक्कै गोप्य तरिकाले आदित्य र रानीको बिहे हुने बताइएको छ । जोधपुरमा यो जोडी बैबाहिक जीवनमा बाधिने बताइएको छ ।
बिबाहको लागि सुरक्षा र गोप्यता दुबैमा ध्यान दिइएको छ ।
प्रतिक्रिया दिनुहोस् >>
