दोलखा भीमसेनको मूर्तिबाट पसिना

चरिकोट:  दोलखाको प्रसिद्ध दोलखा भीमसेनको मुर्तिबाट पसिना आएको छ । पसिना आउन थालेपछि दोलखावासीले मुलुकमा ठूलो संकट आउन सक्ने भन्दै दिनभरी घण्टी बजाएर पुजापाठ गरेका थिए । आज दिउँसो पुजारीले सरसफाइ गर्ने क्रममा मूर्तिमा पसिना आएको देखेका थिए ।
आज दिउँसो करिव २:४५ देखि भीमसेन मुर्तिको रङ फेरिएर कालो बनेको र पसिना बग्न थालेको पुजामा संलग्न पुजारीले बताएका छन् । तीनघण्टाको लगातार पुजाआजापछि मूर्तिबाट पसिना बग्न छाडेको छ । यसरी भीमसेनमा पसिना आउनुलाई अनिष्टको संकेतकारुपमा मानिँदै आइएको छ।
मूर्तिमा पसिना बगेपछि देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । देशमा आइपर्ने संकटलाई टार्न भन्दै दोलखाका विभिन्न भागबाट पुजाआजा गर्न मानिसहरु मन्दिर आउनेक्रम जारी छ।
लगभग १ हजार भक्तालुहरुले मन्दिर परिसर पुगेर पुजा गरेका थिए। विसं १९९० सालको भूकम्पदेखि दरबार हत्याकाण्ड अगाडि र २०६३ सालको राजनीतिक परिवर्तन ताका पनि यसैगरी दोलखा भीमसेनको मूर्तिबाट पसिना आएको बताइन्छ। यसरी पसिना आउँदा पहिला राजा आफैँ मन्दिरमा पुगेर पुजाअर्चना गर्ने चलन थियो तर अहिले राजतन्त्र हटेपछि स्थानीय प्रशासनले राष्ट्रपति कार्यालयमा यसबारे जानकारी गराइसकेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव अधिकारीका अनुसार राष्ट्रपति कार्यालयबाट यसको जवाफ आइसकेको छैन । अहिले दोलखाको सबै सुरक्षा निकायका प्रमुख मन्दिरमा भेला भएका छन् । मूर्तिमा पसिना आएको हेर्न हजारौं मानिसहरुको भीड लागेको थियो।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>