भारतद्वारा महाकाली नदी किनारमा एकलौटी तटबन्ध निर्माण सुरु
Posted by
purwanews
Published on
Sunday, December 29, 2013
दार्चुला, गएको असार पहिलो साता महाकाली नदीमा आएको विनाशकारी बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गामा अपूरणीय क्षति व्यहोर्नु परेको थियो।
बाढीको एक सातापछि मात्रै दार्चुला पुगेको अन्तरिम मन्त्रिपरिषद्को ठूलो टोलीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी बाढीपीडितलाई राहत र महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणका लागि भन्दै रु ५० करोड बजेट घोषणा गरेको थियो।
तर त्यो रकम कहाँ, कसरी खर्च गरियो त्यसको विवरण अझै सार्वजनिक गरिएको छैन। बाढीपश्चात् नेपाली सेना र नेपाल प्रहरी परिचालन गरी नदी किनारमा जाली भर्ने काम गरियो। बोराभित्र बालुवा भरेर बुनेका जाली सबै नदीले बगाइसकेको छ।
कच्ची तटबन्धमा नै झण्डै रु ५० लाख खर्च भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कच्ची तटबन्ध निर्माण गर्ने भ्रष्टाचार भएको खलङ्गावासीले आवाज उठाउँदै आएका छन्। नदीमा पानीको बहाव कम भएसँगै भारतीय पक्षबाट नदी किनारमा पक्की तटबन्ध निर्माणको काम सुरु गरिएको छ।
भारतीय सुरक्षा बल एसएसबीले नदी किनारमा केहीदिन पहिलेदेखि तटबन्ध निर्माण सुरु गरेको छ। भारतीय पक्षले नदी किनारमा एकलौटी तरिकाले तटबन्ध निर्माण गर्न सुरु गर्दासमेत नेपाली पक्ष मौन छ। भारतीय सीमा सुरक्षा बलले नदी किनारमा तटबन्ध निर्माण गरिरहेको दृश्य नेपाली पक्षले मुकदर्शक भएर हेरिरहेको छ, र त्यसका विरुद्धमा आवाज उठाउने हिम्मत कसैसँग छैन।
भारतीय पक्षले एकलौटी तटबन्ध निर्माण थालेको विषयमा जिज्ञासा राख्दा स्थानीयस्तरमा क्रियाशील दलका नेताहरू भारत ठूलो शक्ति रहेकाले त्यस्तो गरिरहेको बताउँछन् भने सुरक्षा निकायका प्रमुखहरू अन्तर्राष्ट्रिय मामिला भएकाले बोल्न नमिल्ने भन्दै पन्छिने गरेका छन्। नेपाली पत्रकारहरूले भारतीय एसएसबीले तटबन्ध गरिरहेका दृश्यहरूको तस्वीर खिच्न खोज्दा धम्की दिइने गरेको छ।
भारतीय सेनाका हेलिकोप्टरहरू नेपाली सेनाको ब्यारेकमाथि दिनदिनै उडाउने गरिएको छ, तर नेपाली सेना र प्रशासन रमिते भएको स्थानीयवासीको गुनासो छ।
भारतकै धौलीघाटका कारणले महाकाली नदीमा बाढी आएको र नेपालतिर यति धेरै क्षति हुन पुगेको हो भन्ने यथार्थ उसले स्वीकार गरिसक्दासमेत नेपाली पक्षले यसका बारेमा अझसम्म बोल्न सकेको छैन।
भारतीय पक्षद्वारा एकलौटीरूपमा महाकाली नदी किनारमा तटबन्ध निर्माण गरेकाले त्यसलाई चाँडै स्थानीय प्रशासनले रोक लगाउनुपर्ने धारणा दार्चुला नागरिक समाजका हंसराज भट्टको छ।

प्रतिक्रिया दिनुहोस् >>