विराटनगरमा भीषण आगलागी
Posted by
purwanews
Published on
Monday, December 23, 2013
विराटनगरमा सोमबार विहान भीषण आगलागी भएको छ । आगलागीबाट ५० लाख बढीको क्षती भएको अनुमान गरिएको छ ।
आगलागीबाट विराटनगर १५ का सुरेश सहनीको पाउरोटी कारखाना, जुगल सहनीको बोरा गोदाम र मनोहर रायको चिया पसल पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगो नियन्त्रणमा लिनको लागि भारतका ३ सहित पूर्वको बिराटनगर, सुनरीको धरान, इनरुवा, इटहरी र झापाको दमकबाट आएको बारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणाम लिएको हो । विहान ३ बजेबाट सुरु भएको आगलागी ८ बजे मात्र पूर्ण नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस् >>