तीन एसपीको गजब प्रतिस्पर्धा
Posted by
purwanews
Published on
Monday, December 23, 2013
काठमाडौं। तराईका जिल्लाहरुमा सरुवा हुनका लागि एसपीहरुबीच मारामार नै पर्छ। त्यसमा पनि झापा, मोरङ, धनुषा,बीरगंज, रुपन्देही, बाँके जस्ता जिल्लामा निकै पावरफुल एसपीहरु मात्र जान सक्छन्। नाम र दाम दुवै कमाउन तीन जिल्लाहरुमा ठुलो प्रतिस्पर्धा हुन्छतराईका प्रमुख जिल्लाहरुमा एउटै ब्याचका एसपीहरु रहेकाले पनि नाम र दामको लागि प्रतिस्पर्धा भइरहेको छ।
संगठनमा तीनै जना एसपीलाई कार्यक्षमता र पारदर्शीताको हिसाबले मध्यमस्तरमा राखिन्छ। तर, तीनै जना सोर्सफोर्स भएका र चतुर प्रहरी अधिकारीका रुपमा पनि चिनिन्छन्। उनीहरुको ब्याचमध्येबाट एक जनाले प्रहरीको नेतृत्वसम्म पुग्ने भएकाले पनि उनीहरुबीच प्रतिस्पर्धा भएको हो।
तराईका अन्य महत्वपूर्ण तीन जिल्लाका एसपीहरु भने फेरीदै छन्। झापाका एसपी शेर बहादुर बस्नेतको एक वर्ष पुगिसकेको छ। त्यस्तै रुपन्देहीका एसपी बिक्रम थापा र बाकेका भूपाल भण्डारी एसएसपीमा बढुवा हुदै छन्। तराईमा कार्यरत मध्ये सप्तरीका दिनेश अमात्य तथा सर्लाहीका रवीन्द्र धानुक भने नाम भन्दा दाम कमाउन व्यस्त छन्
सामान्य निर्देशन समेत पालना नभएको जानकारी आएपछि निकायले सुध्रिन चेतावनीदिँदै नसुध्रिए जिम्मेवारीवाट हट्न मानसिक रुपमा तयार रहन चेतावनी दिएको छ। स्रोतका अनुसार प्रहरी सर्वसाधारणसँग नजिक हुनुको सट्टा अपराधी र तस्करसँग रमाउँदाछवी विग्रदै गएको भन्दै आक्रोश पोखेका थिए। उनले निर्देशनमा प्रहरी तस्करको भरिया नभई कानुन परिपालना गर्ने निकाय भएकाले सोही अनुसारको जिम्मेवारीमा रहन समेत चेतावनी दिएका थिए।
उपत्यकाका तीन जिल्लाका प्रहरी प्रमुखको कार्यब्यबहार ब्यक्तिगत कोणमा सकारात्मक भए पनि आफुमातहका बृत्त र प्रभागका प्रमुखलाई आर्थिक अनुशासनमा राख्न नसकेकोमा आइजीपी अर्याल बढी रिसाएका थिए। उनले प्रभावमुक्त भएर काम गर्न निर्देशन दिँदै काम गर्न नसक्नेले जिम्मेवारीबाट मुक्त हुन तयार रहन चेतावनी दिए।
आपराधिक सूचना संकलनमा परिचालीत हुनुपर्ने घुमुवा पैसा उठाउन परिचालितहुँदा संगठननै बदनाम भएको भन्दै उनले घुमुवा नराख्न निर्देशन दिए। तत्काल घुमुवा नहटाउने हो भने कारवाहीको भागिदार बन्न सचेत गराएको स्रोतले बतायो।
प्रतिक्रिया दिनुहोस् >>