छात्राले आरोप लगाएपछि रक्सी पिउने शिक्षक ठहरै
गुल्मी । आफूले पढाउने छात्राले लगाएको दुव्र्यवहारको आरोप सहन नसकेपछि मदिरा पिउँदा एक शिक्षकको ज्यान गएको छ ।
गुल्मी थोर्गास्थित राष्ट्रिय माध्यमिक विद्यालयका विज्ञान शिक्षक निर्मल ज्ञवालीको मृत्यु मदिरा सेवनका कारण भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो कक्षा ७ मा अध्ययन गर्ने छात्राले आफूलाई शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।
शिक्षक ज्ञवाली सोमबार राति विद्यालय नजिकै मृत अवस्थामा फेला परेको हुन् ।
छात्राले उक्त आरोप लगाएपछि सोमबार दिनभर विद्यालयमा तनाव सिर्जना भएको थियो । विद्यार्थीले शिक्षकलाई कारबाही गर्न विद्यालय व्यवस्थापन समिति समक्ष माग गरेका थिए ।
आफूमाथि गलत आरोप लगाइएको भन्दै विद्यालयबाट बाहिरिएका शिक्षक ज्ञवालीले विद्यालय नजिकैको होटलमा ‘सिक्वेन्स’ नामक मदिरा दिउँसोदेखि नै सेवन गरेको र उच्च रक्तचापका समेत बिरामी भएकाले त्यसकै कारण उनको मृत्यु भएको देखिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताए ।
ज्ञवालीले आठ वर्षदेखि विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस् >>