कसिलो बेल्ट लगाउनेमा घाँटीको क्यान्सर
Posted by
purwanews
Published on
Wednesday, December 11, 2013
बढी टाइट बेल्ट लगाउने मानिसमा घाँटीको क्यान्सरको जोखिम उच्च हुने एक नयाँ अध्ययनले देखाएको छ । स्कटल्याण्डका शोधकर्ताहरुले गरेको अनुसन्धानले बढी कसिलो बेल्टका कारण पेटमा भएको अम्ल अन्न नलीतर्फ फर्किन सक्छ र त्यसले प्रकारान्तरले अन्न नलीलाई क्षति पुर्याउन सक्छ । त्यसबाट अन्न नली तथा घाँटीको क्यान्सर हुने जोखिम उच्च हुन्छ ।अझ यस्तो जोखिम बढी तौल भएका तथा ठूलो भुँडी भएका मानिसमा बढी हुने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले २४ जना मानिसमा यस्तो परीक्षण गरेका थिए । शोधकर्ताहरुका अनुसार घाँटी तथा अन्न नलीको क्यान्सरको शुरुआती लक्षण खाना निल्न कठिनाइ हुनु हो । पेटमा भएको अम्ल नलीमा उकिलदा त्यसले अन्न नलीका कोषलाई क्षति पुर्याउने र त्यस्ता कोषको संरचनामा परिवर्तन आएर ती क्यान्सरजन्य कोषिकामा परिवर्तन हुने शोधकर्ताहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस् >>