अनुमति पत्र ‘लाइसेन्स’ को अन्योल
Posted by
purwanews
Published on
Wednesday, December 11, 2013
‘लाइसेन्स’ को अन्योल
इटहरी र यहाँ स्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालयले प्रदान गर्दै आएको सवारी साधन चालक अनुमति पत्र वितरणको काम आठ महिना बित्दा पनि खुलेको छैन । गत बैशाखदेखि देशभरि नै सवारी साधन चालक अनुमति पत्रको इजाजतका लागि नयाँ प्रावधान लागू गरेपछि कोशीमा पनि इजाजत बन्द गरिएको थियो । नयाँ पूर्वाधार तयार नगरी एक्कासी इजाजत वितरण बन्द गरिएपछि कोशी अञ्चलका नयाँ सवारी धनी, नयाँ चालक मारमा परेका हुन् ।
इटहरीको यातायात व्यवस्था कार्यालय वरपर कार्यालय समयमा भेटिने प्रायजसो युवा लाइसेन्स कहिले खुल्ने भन्ने खुल्दुली गर्दै गरेका भेटिन्छन् । यसअघि दशैंसम्ममा मोटरसाइकलसम्मको लाइसेन्स खुल्ने बताउादै आएका कर्मचारी अहिलेसम्म पूर्वाधार तयार नहुादा नाजवाफ भएका छन् । यातायात कार्यालयले ‘ट्रायल’ लिने जग्गा लिजमा लिएपछि पूर्वाधार तयार गर्न जिम्मा लिएको ठेकेदार कम्पनीले समयमा काम पूरा गर्न नसक्दा सेवाग्राही मारमा परेका छन् भने कर्मचारी नाजवाफ भएका छन् ।
सुनसरीको बक्लौरीस्थित न्यू कोशी कन्सर्नले एक महिनाभित्र पूर्वाधार तयार गर्ने गरी गत असोज ९ गते १२ लाख ६७ हजार रुपैयाँमा सम्झौता गरेको थियो । तर, अहिलेसम्म सो कम्पनीले काम सकेको छैन । यता कम्पनीका प्रमुख आनन्द आचार्यले भने आफूले जिम्मा लिएको काम एक साताभित्र सम्पन्न गरी यातायातलाई जिम्मा दिने बताएका छन् । कोशी अञ्चल यातायात व्यवस्थाकार्यालयका प्रमुख विष्णु पौडेलले भने निर्माण कम्पनीले नै काममा ढिलाइ गरेका कारण लाइसेन्स खुलाउन समस्या भएको बताए । ‘लाइसेन्स कहिले खुल्छ, भनेर सोध्नेहरुलाई ठेकेदारको नम्बर दिने गरेको छु’, उनले भने, समयमा काम पूरा नगर्दा हामीलाई अप्ठ्यारो परेको छ ।’ काम हेरेर सम्झौताअनुसारको रकम भने दिादै गरेको उनले बताए ।
यातायात कार्यालय कोशीले मोरङको साजीलाल उच्च माविको एक बिघा ७ कठ्ठा जग्गा ट्रायलका लागि टेण्डर प्रक्रिया गरी लिएको थियो । जसको एक सय फिट भन्दा वरैबाट नयाँ बाटो खोलेर जानुपर्ने भएकोले पनि शुरुमा समस्या देखिएको थियो ।
प्रतिबिघा वार्षिक ७२ हजार रुपैयाँका दरले साजीलालले जग्गा भाडामा दिएको थियो । उच्चमाविको सो जग्गामा नयाँ ट्रायल स्थल बनाउनका लागि यातायात व्यवस्था विभागले १५ लाख रुपैयाँ छुट्याएको थियो । तर सो रकम ट्रायल स्पर्टका लागि निकै कम हुने जिल्ला प्राविधिक कार्यालय सुनसरीले त्यसैबेला जनाएको थियो । सो रकमबाट मोटरसाइकलसम्मको ट्रायलका लागि प्रयास भइरहेको यातायात कार्यालयले जनाएको छ ।सो जग्गामा ठूला सवारी साधनको लागि जग्गा अपुग हुने भए पनि मझौला सवारीको ट्रायलका लागि अहिले पनि पूर्वाधार तयार गरिएको छैन ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र वितरण गर्दा नयाँ तरिकाबाट ट्रायल पास गर्नुपर्ने प्रावधान लागू गरे पनि त्यसको लागि पूर्वाधारको बारेमा नसोच्दा काठमाडौं बाहिरका बासिन्दाले यो समस्या भोग्दै आएका छन् । ट्रायल स्पर्ट अभाव भएकै कारण गत चैत मसान्तदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुलेको छैन । पछिल्लो अवस्थामा विभागले अङ्ग्रेजी ८, ५० सेन्टिमिटरको फलेक, यु टर्न, जेब्रा क्रसिङ, ग्राभेल बाटो, र्याम टेष्ट जस्तो पार गरेपछि मात्रै सवारी चालक अनुमति पत्र दिने व्यवस्था बनाएको छ। ठेकदार कम्पनीले काम पूरा गरे पनि थप पक्रिया थाल्न विभागबाटै इञ्जिनियर झिकाइ स्थलगत अवलोकन गरी रिपोर्टका आधारमा मात्रै स्पर्टको अन्तिम रुप दिने भएकोले पनि सेवाग्राहीले अझै केही समय लाइसेन्स परीक्षाका प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् >>