चिसो मौसममा दाँतको समस्या
Posted by
purwanews
Published on
Tuesday, December 31, 2013
समस्या के हो ?
दाँत सिरिङ-सिरिङ हुने वा चिसो तथा गुलियो वस्तु खाँदा दाँत दुख्ने, लाग्ने रोगलाई चिकित्सकीय भाषामा हाइपर सेन्सीटीभीटी भनिन्छ। हाइपर सेन्सीटीभीटी एक किसिमको पीडा हो जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुन्छ। यो रोग सुरु गराउने तथा बढाउने काम बढी मात्रामा तातो-चिसोको प्रयोग ब्रस गर्दा वा छुँदा, औषधि, रसायन तथा गुलियो पदार्थले गर्छ।
जोखिम समूह
- धेरै कडा रेसा भएको ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत प्रकारको ब्रसिङ गर्ने।
- गिजा तल सरेको तथा बुढ्यौली उमेर।
- गिजा तथा पेरियोडोन्सियमको उपचार।
- बुली मिक्स तथा अमिलो डकार्ने समूह।
- थुक कम आउने व्यक्ति।
- धेरै मात्रामा तथा लामो समयसम्म अम्लीय खाद्यपदार्थ सेवनकर्ताहरू।
- अम्लीय पेय पदार्थ बढी पिउनेहरू।
- ब्याट्री, प्लेटिङ, दर्जी, सिकर्मी, जुत्ता बनाउने, अस्वेस्टस धूलोमा काम गर्नेहरू।
- दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बेबी पिन दाँतले खोल्ने, माटो खाने आदि।
डेन्टिन कसरी देखिन्छ ?
दाँतको बाहिरी सतह मुकुटमा भए इनामेल, जरामा भए सिमेन्टम र घाँटीमा भए इनामेल र सिमेन्ट दुवै नोक्सान भए दाँतको भित्री सतह डेन्टिन देखिन्छ। दाँतमा भएका डेन्टिनले ट्युबुलका नशाहरू बाहिरी वातावरण वा मुखको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउँछन्। गुलियो, चिसो खाँदा, ब्रस गर्दा, अमिलो खाँदा नशासँग सम्पर्कमा आई सिरिङ्ग भएर दुख्छ।
डेन्टिन देखिने कारणहरूमा दन्त सडन, दाँत खिइनु, गिजाले दाँत छोड्नु, दन्त हर्षा र पाइरिया, दाँतमा चोटपटक लाग्नु वा दाँत भाँचिनु, भरिएको सिमेन्ट फुट्नु, चुहिनु वा दाँतसँग राम्रोसँग किनारा नमिल्नु आदि हुन सक्छन्। त्यस्तै दाँतका चपाउने टुप्पाहरू धसिनु, चोइटा निस्कनु, औषधि, चपाएर खाने भिटामिन सी, एस्प्रिन र थुक कम निकाल्ने औषधिहरू, मेसिनले दाँत, गिजा सफा गरेपछि, परम्परा तथा धार्मिक कारणले दाँतको कुना हटाइँदा, बुढ्यौली उमेर, गिजाको रोग एवं हाइपरएसीडीटी आदि रोग पर्छन्।
खाना खाँदा, चपाउँदा वा दाह्रा किट्दा दुई दाँत बीचको सम्पर्कले दाँत खिइन्छ। यो फिजियोलोजिक प्रक्रियामा चपाउने सतह तथा २ दाँतबीचको सतह अगाडि वा पछाडिको इनामेल नोक्सान भै डेन्टिन देखिन्छ। त्यस्तै दाँत र बाह्य वस्तु वा दुई दाँतबीचमा खियाउने पदार्थ भएर दाँतको सतह नोक्सान हुन्छ। त्यसैले दाँत सफा गर्ने ब्रस, तरिका तथा मञ्जनले, पेसा एवं बानीले समस्या निम्त्याउँछ। सूक्ष्म जीवको अनुपस्थितिमा रसायन तथा मेकानिकल कारणले दाँतको सतह नोक्सान हुनसक्छ। देखिएको डेन्टिनमा भएका डेन्टिनल ट्युबुलहरू खुल्ला, ठूला र धेरै संख्यामा भएको हुनुपर्छ, हाइपरसेन्सीटीभीटी रोग देखिन।
सबैभन्दा बढी हाइपरसेन्सीटीभीटी हुने कारणमा ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्ट खिइएर डेन्टिन देखिने अवस्था हो। यो अवस्था अमेरिकामा ८-३० प्रतिशतमा देखिएको छ भने नेपालमा आधिकारिक आँकडा नभए पनि मेरो १,१५० बढी स्वास्थ्य शिविर, अस्पताल तथा चिकित्सालयमा बिरामी हेर्दाको अनुभवअनुसार करिब ३५ देखि ५५ प्रतिशतसम्म हुनसक्छ।
२५ देखि ४५ वर्ष उमेर समूहमा, पुरुष भन्दा महिलामा बढी देखिने यो समस्या कुकुर र प्रिमोलार दाँतमा (दाँत नमिलेको अवस्थामा बाहेक), गालातिरको दाँतको घाँटी क्षेत्रमा र चल्ने/ ब्रस गर्ने हातको उल्टोतिर जस्तै दाहिने हात बढी चल्ने भए देब्रेतिरका दाँतमा बढी देखिन्छ। दाँतको घाँटी क्षेत्रमा बाहिरी पत्र अति नै पातलो हुने दन्त लेउ, दन्त पत्थर तथा फोहोर कुरा यसैमा टाँसिने तथा सफा गर्दा हटाइने भएकाले पनि दाँत र गिजाको भेट हुने स्थान वा दाँतको घाँटीमा सिरिङ्ग हुने समस्या बढी हुन्छ।
उपचार
हाइपरसेन्सीटीभीटीमा पीडा तिखो, गम्भीर, केही समयका लागि मात्र सेकेन्डदेखि मिनटसम्म पीडा हुन्छ। बिरामीले उक्त दाँत र स्थान आफै देखाउन सक्छ। बिरामीले भन्दा सिल्का हान्छ, कन्चट हान्छ भन्छन्। भिन्दै किसिमको नशा ए-डेल्टा नोसिसेप्टरले गर्दा हुने पीडा भएकाले यसको प्रकृति पनि अन्य पीडाको तुलनामा फरक हुन्छ।
बिरामीले पीडाका बारेमा दिने अनुभव, परीक्षण गर्दा दाँतको बाहिरी पत्र नोक्सान भएर डेन्टिन देखिएको तथा उत्प्रेरक तत्व तातो-चिसो, गुलियो, अमिलो, सुक्खापन र छुँदा थाहा पाइने आधारमा हाइपरसेन्सीटीभीटी रोगको निदान गरिन्छ।
हाइपरसेन्सीटीभीटीलाई गुणात्मक आधारमा ग्रेड ०-दुख्दैन, ग्रेड १-अप्ठेरो हुन्छ वा हलुका पीडा, ग्रेड २-धेरै दुख्ने र ग्रेड ३-लामो समयसम्म धेरै दुख्ने गरी विभाजन गरिन्छ भने पीडाको मात्रा नाप्न पिपल, प्रेसर प्रोब, हेन्ड हेल्ड स्क्र्याचजस्ता उपकरण प्रयोग गरिन्छ।
व्यवस्थापन
दाँत सिरिङ्ग हुने समस्याले जीवन दु:खदायी बनाउँछ। तातो, चिसो, गुलियो र अमिलो खाँदा दुख्ने तथा कष्ट हुने भएकाले खानपिन गरी आनन्दसँग रमाउन सकिँदैन। त्यसैगरी दाँत सफा गर्ने काममा बाधा पर्दा तथा ब्रस नगर्दा फोहोर कुरा, दन्तलेउ जम्मा भएर सेन्सीटीभीटी वृद्धि हुन्छ तब दन्त सडन, गिजासम्बन्धी रोग, पाइरिया अनि त्यसपछि शरीरमा विभिन्न रोग लाग्छ।
- दाँतको पीडा छुट्टयाउने र हाइपरसेन्सिटिभ क्षेत्रको निदान
- दाँत फुटेको वा भाँचिएको सिमेन्ट फुटेको तथा चुहिने भएको, दाँत चर्किएको, पल्पसम्बन्धी रोग, चोइटिएको दाँत, गहिरो धर्सा, दाह्रा किट्ने, खिइने, नोक्सान भएका क्षेत्र निदान गर्नुपर्छ।
कारणहरूको नियन्त्रण
- टुथब्रस, मञ्जन, दाँत सफा गर्ने तरिका, दाँत बीचको फोहोर सफा गर्ने साधनहरूको उचित प्रयोग गर्न सिकाउनुपर्छ। दन्तलेउ नियन्त्रण, गिजासम्बन्धी उपचार, खाने कुरामा नियन्त्रण, ग्यास्टि्रक रिफल्कसको मूल्यांकन, कम पी.एच. भएको माउथवास, एस्प्रिन तथा चपाएर खाने भिटामिन सीको सेवनमा नियन्त्रण गर्नुपर्छ। दुई दाँतबीचको भाग नियमित रूपले डेन्टल फ्लस प्रयोग गरी सफा गर्नुपर्छ। अमिलो खाद्य पदार्थ जस्तै अमिलो ससेज, अचार, कागती, सोडा र सफ्ट डि्रङ्स पटक-पटक नखाने, गुलियो टाँसिने खाना दाँतमा रही अम्ल बन्ने भएकाले पनि यस्ता खाद्य पदार्थले इनामेलको नोक्सान गरी सेन्सिटिभ दाँत बनाउँछ। सुपारी, छुर्पी जस्ता कडा वस्तु खाने, सुर्तीजन्य पदार्थ चपाउने, तार, धागो, सियो तथा बोतलको बिर्को खोल्ने बानीले इनामेललाई नोक्सान गरी दाँत सिरिङ्ग हुने बनाउँछ।
उपचारका लागि ६-६ महिनामा नियमित रूपमा डेन्टल सर्जनबाट परीक्षण गराउनुपर्छ । ब्रसलाई ४५ डिग्रीमा राखी थोरै अघिपछि चलाई तलमाथि गरी दाँत सफा गर्नुपर्छ। ब्रस एक ठाउँमा कम्तीमा १० सेकेन्डसम्म रहेको रहनुपर्छ। भित्र, बाहिर र चपाउने सतहमा ध्यान दिएर राति तथा बिहान ३-५ मिनेट दाँत सफा गर्दा फोहोर दन्तलेउ हटाउन पर्याप्त हुन्छ।
- त्यसपछि बिरामीले घरमै प्रयोग गर्नसक्ने रासायनिक पदार्थ प्रयोग गर्न लगाइन्छ। प्रकृति हेरी अस्पतालमै प्रयोग हुने तत्व पनि प्रयोग गर्न सकिन्छ। आवश्यक भए पुन: उपचार गर्नुपर्छ।
- व्यवहारमा दाँतमा मात्र समस्या भए सिमेन्ट भरेर, बोन्डी एजेन्ट राखेर तथा भारनिस प्रयोग गरी उपचार गरिन्छ भने पूरै दाँतको सामान्य समस्या भए डिसेन्सिटाइजिङ मेडिकेटेड दन्तमञ्जन प्रयोग गर्न लगाई समस्या समाधान गर्न सकिन्छ। डिसेन्सिटाइजिङ दन्तमञ्जनले बिहान-बेलुकी कम्तीमा २ हप्ता तथा बढीमा १ महिनासम्म दाँत सफा गर्नुपर्छ।
(डा. बुढाथोकी लुम्बिनी अञ्चल अस्पताल, बुटवलका दाँत एवं मुख रोग विभागका विभागीय प्रमुख हुनुहुन्छ।)
दाँत सिरिङ-सिरिङ हुने वा चिसो तथा गुलियो वस्तु खाँदा दाँत दुख्ने, लाग्ने रोगलाई चिकित्सकीय भाषामा हाइपर सेन्सीटीभीटी भनिन्छ। हाइपर सेन्सीटीभीटी एक किसिमको पीडा हो जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुन्छ। यो रोग सुरु गराउने तथा बढाउने काम बढी मात्रामा तातो-चिसोको प्रयोग ब्रस गर्दा वा छुँदा, औषधि, रसायन तथा गुलियो पदार्थले गर्छ।
जोखिम समूह
- धेरै कडा रेसा भएको ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत प्रकारको ब्रसिङ गर्ने।
- गिजा तल सरेको तथा बुढ्यौली उमेर।
- गिजा तथा पेरियोडोन्सियमको उपचार।
- बुली मिक्स तथा अमिलो डकार्ने समूह।
- थुक कम आउने व्यक्ति।
- धेरै मात्रामा तथा लामो समयसम्म अम्लीय खाद्यपदार्थ सेवनकर्ताहरू।
- अम्लीय पेय पदार्थ बढी पिउनेहरू।
- ब्याट्री, प्लेटिङ, दर्जी, सिकर्मी, जुत्ता बनाउने, अस्वेस्टस धूलोमा काम गर्नेहरू।
- दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बेबी पिन दाँतले खोल्ने, माटो खाने आदि।
डेन्टिन कसरी देखिन्छ ?
दाँतको बाहिरी सतह मुकुटमा भए इनामेल, जरामा भए सिमेन्टम र घाँटीमा भए इनामेल र सिमेन्ट दुवै नोक्सान भए दाँतको भित्री सतह डेन्टिन देखिन्छ। दाँतमा भएका डेन्टिनले ट्युबुलका नशाहरू बाहिरी वातावरण वा मुखको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउँछन्। गुलियो, चिसो खाँदा, ब्रस गर्दा, अमिलो खाँदा नशासँग सम्पर्कमा आई सिरिङ्ग भएर दुख्छ।
डेन्टिन देखिने कारणहरूमा दन्त सडन, दाँत खिइनु, गिजाले दाँत छोड्नु, दन्त हर्षा र पाइरिया, दाँतमा चोटपटक लाग्नु वा दाँत भाँचिनु, भरिएको सिमेन्ट फुट्नु, चुहिनु वा दाँतसँग राम्रोसँग किनारा नमिल्नु आदि हुन सक्छन्। त्यस्तै दाँतका चपाउने टुप्पाहरू धसिनु, चोइटा निस्कनु, औषधि, चपाएर खाने भिटामिन सी, एस्प्रिन र थुक कम निकाल्ने औषधिहरू, मेसिनले दाँत, गिजा सफा गरेपछि, परम्परा तथा धार्मिक कारणले दाँतको कुना हटाइँदा, बुढ्यौली उमेर, गिजाको रोग एवं हाइपरएसीडीटी आदि रोग पर्छन्।
खाना खाँदा, चपाउँदा वा दाह्रा किट्दा दुई दाँत बीचको सम्पर्कले दाँत खिइन्छ। यो फिजियोलोजिक प्रक्रियामा चपाउने सतह तथा २ दाँतबीचको सतह अगाडि वा पछाडिको इनामेल नोक्सान भै डेन्टिन देखिन्छ। त्यस्तै दाँत र बाह्य वस्तु वा दुई दाँतबीचमा खियाउने पदार्थ भएर दाँतको सतह नोक्सान हुन्छ। त्यसैले दाँत सफा गर्ने ब्रस, तरिका तथा मञ्जनले, पेसा एवं बानीले समस्या निम्त्याउँछ। सूक्ष्म जीवको अनुपस्थितिमा रसायन तथा मेकानिकल कारणले दाँतको सतह नोक्सान हुनसक्छ। देखिएको डेन्टिनमा भएका डेन्टिनल ट्युबुलहरू खुल्ला, ठूला र धेरै संख्यामा भएको हुनुपर्छ, हाइपरसेन्सीटीभीटी रोग देखिन।
सबैभन्दा बढी हाइपरसेन्सीटीभीटी हुने कारणमा ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्ट खिइएर डेन्टिन देखिने अवस्था हो। यो अवस्था अमेरिकामा ८-३० प्रतिशतमा देखिएको छ भने नेपालमा आधिकारिक आँकडा नभए पनि मेरो १,१५० बढी स्वास्थ्य शिविर, अस्पताल तथा चिकित्सालयमा बिरामी हेर्दाको अनुभवअनुसार करिब ३५ देखि ५५ प्रतिशतसम्म हुनसक्छ।
२५ देखि ४५ वर्ष उमेर समूहमा, पुरुष भन्दा महिलामा बढी देखिने यो समस्या कुकुर र प्रिमोलार दाँतमा (दाँत नमिलेको अवस्थामा बाहेक), गालातिरको दाँतको घाँटी क्षेत्रमा र चल्ने/ ब्रस गर्ने हातको उल्टोतिर जस्तै दाहिने हात बढी चल्ने भए देब्रेतिरका दाँतमा बढी देखिन्छ। दाँतको घाँटी क्षेत्रमा बाहिरी पत्र अति नै पातलो हुने दन्त लेउ, दन्त पत्थर तथा फोहोर कुरा यसैमा टाँसिने तथा सफा गर्दा हटाइने भएकाले पनि दाँत र गिजाको भेट हुने स्थान वा दाँतको घाँटीमा सिरिङ्ग हुने समस्या बढी हुन्छ।
उपचार
हाइपरसेन्सीटीभीटीमा पीडा तिखो, गम्भीर, केही समयका लागि मात्र सेकेन्डदेखि मिनटसम्म पीडा हुन्छ। बिरामीले उक्त दाँत र स्थान आफै देखाउन सक्छ। बिरामीले भन्दा सिल्का हान्छ, कन्चट हान्छ भन्छन्। भिन्दै किसिमको नशा ए-डेल्टा नोसिसेप्टरले गर्दा हुने पीडा भएकाले यसको प्रकृति पनि अन्य पीडाको तुलनामा फरक हुन्छ।
बिरामीले पीडाका बारेमा दिने अनुभव, परीक्षण गर्दा दाँतको बाहिरी पत्र नोक्सान भएर डेन्टिन देखिएको तथा उत्प्रेरक तत्व तातो-चिसो, गुलियो, अमिलो, सुक्खापन र छुँदा थाहा पाइने आधारमा हाइपरसेन्सीटीभीटी रोगको निदान गरिन्छ।
हाइपरसेन्सीटीभीटीलाई गुणात्मक आधारमा ग्रेड ०-दुख्दैन, ग्रेड १-अप्ठेरो हुन्छ वा हलुका पीडा, ग्रेड २-धेरै दुख्ने र ग्रेड ३-लामो समयसम्म धेरै दुख्ने गरी विभाजन गरिन्छ भने पीडाको मात्रा नाप्न पिपल, प्रेसर प्रोब, हेन्ड हेल्ड स्क्र्याचजस्ता उपकरण प्रयोग गरिन्छ।
व्यवस्थापन
दाँत सिरिङ्ग हुने समस्याले जीवन दु:खदायी बनाउँछ। तातो, चिसो, गुलियो र अमिलो खाँदा दुख्ने तथा कष्ट हुने भएकाले खानपिन गरी आनन्दसँग रमाउन सकिँदैन। त्यसैगरी दाँत सफा गर्ने काममा बाधा पर्दा तथा ब्रस नगर्दा फोहोर कुरा, दन्तलेउ जम्मा भएर सेन्सीटीभीटी वृद्धि हुन्छ तब दन्त सडन, गिजासम्बन्धी रोग, पाइरिया अनि त्यसपछि शरीरमा विभिन्न रोग लाग्छ।
- दाँतको पीडा छुट्टयाउने र हाइपरसेन्सिटिभ क्षेत्रको निदान
- दाँत फुटेको वा भाँचिएको सिमेन्ट फुटेको तथा चुहिने भएको, दाँत चर्किएको, पल्पसम्बन्धी रोग, चोइटिएको दाँत, गहिरो धर्सा, दाह्रा किट्ने, खिइने, नोक्सान भएका क्षेत्र निदान गर्नुपर्छ।
कारणहरूको नियन्त्रण
- टुथब्रस, मञ्जन, दाँत सफा गर्ने तरिका, दाँत बीचको फोहोर सफा गर्ने साधनहरूको उचित प्रयोग गर्न सिकाउनुपर्छ। दन्तलेउ नियन्त्रण, गिजासम्बन्धी उपचार, खाने कुरामा नियन्त्रण, ग्यास्टि्रक रिफल्कसको मूल्यांकन, कम पी.एच. भएको माउथवास, एस्प्रिन तथा चपाएर खाने भिटामिन सीको सेवनमा नियन्त्रण गर्नुपर्छ। दुई दाँतबीचको भाग नियमित रूपले डेन्टल फ्लस प्रयोग गरी सफा गर्नुपर्छ। अमिलो खाद्य पदार्थ जस्तै अमिलो ससेज, अचार, कागती, सोडा र सफ्ट डि्रङ्स पटक-पटक नखाने, गुलियो टाँसिने खाना दाँतमा रही अम्ल बन्ने भएकाले पनि यस्ता खाद्य पदार्थले इनामेलको नोक्सान गरी सेन्सिटिभ दाँत बनाउँछ। सुपारी, छुर्पी जस्ता कडा वस्तु खाने, सुर्तीजन्य पदार्थ चपाउने, तार, धागो, सियो तथा बोतलको बिर्को खोल्ने बानीले इनामेललाई नोक्सान गरी दाँत सिरिङ्ग हुने बनाउँछ। उपचारका लागि ६-६ महिनामा नियमित रूपमा डेन्टल सर्जनबाट परीक्षण गराउनुपर्छ । ब्रसलाई ४५ डिग्रीमा राखी थोरै अघिपछि चलाई तलमाथि गरी दाँत सफा गर्नुपर्छ। ब्रस एक ठाउँमा कम्तीमा १० सेकेन्डसम्म रहेको रहनुपर्छ। भित्र, बाहिर र चपाउने सतहमा ध्यान दिएर राति तथा बिहान ३-५ मिनेट दाँत सफा गर्दा फोहोर दन्तलेउ हटाउन पर्याप्त हुन्छ।
- त्यसपछि बिरामीले घरमै प्रयोग गर्नसक्ने रासायनिक पदार्थ प्रयोग गर्न लगाइन्छ। प्रकृति हेरी अस्पतालमै प्रयोग हुने तत्व पनि प्रयोग गर्न सकिन्छ। आवश्यक भए पुन: उपचार गर्नुपर्छ।
- व्यवहारमा दाँतमा मात्र समस्या भए सिमेन्ट भरेर, बोन्डी एजेन्ट राखेर तथा भारनिस प्रयोग गरी उपचार गरिन्छ भने पूरै दाँतको सामान्य समस्या भए डिसेन्सिटाइजिङ मेडिकेटेड दन्तमञ्जन प्रयोग गर्न लगाई समस्या समाधान गर्न सकिन्छ। डिसेन्सिटाइजिङ दन्तमञ्जनले बिहान-बेलुकी कम्तीमा २ हप्ता तथा बढीमा १ महिनासम्म दाँत सफा गर्नुपर्छ।
(डा. बुढाथोकी लुम्बिनी अञ्चल अस्पताल, बुटवलका दाँत एवं मुख रोग विभागका विभागीय प्रमुख हुनुहुन्छ।)
प्रतिक्रिया दिनुहोस् >>