‘धूम ३’: नेपाल मूल्य २ करोड भारु

काठमाडौं– बहुप्रतीक्षित मानिएको हिन्दी फिल्म ‘धूम ३’को नेपाल वितरण अधिकार गोपीकृष्ण इन्टरटेनमेन्टले खरीद गरेको छ। गोपीकृष्णले अरु वितरक कम्पनी एप्पल इन्टरटेनमेन्ट, ओडिसी र दर्शना आर्टस्लाई उछिनेको हो। फिल्मलाई दुई करोड भारु एडभान्स तिरेर लिइएको गोपीकृष्णका वितरण प्रमुख निरज पौडेलले जनाएका छन् । फिल्मको कारोबार भने कमिसनको आधारमा चल्छ,’ निरजले भने । उनले नेपालको गोपीकृष्ण र भारतको यशराज प्रोडक्सनबीच बाँडफाट हुने कमिसनबारे भने बोल्न चाहेनन् । निरजले भने, ‘यशराज र हामीबीच करिब २० वर्षदेखि फिल्म वितरणमा साझेदारी चलिरहेको छ । उनीहरुले विश्वासका आधारमा हामीलाई वितरण अधिकार दिएका हुन् ।’ अहिलेलाई दुई करोड भारु पठाइराख भने अनुसार पैसा पठाएका हौं, नेपालमा फिल्मले त्यति पैसा उठाउन सकेन भने यशराजले अर्को फिल्ममा हिसाब गर्नेछ, हिन्दी फिल्मका लागि गरिएको अहिलेसम्मकै महँगो सम्झौता हो यो,’ निरजले भने । धूम ३’ नेपालभर सयभन्दा बढी हलमा लाग्ने तयारी भइरहेको छ । निरजले फिल्मको टिकट मूल्य बढ्ने सम्भावना रहेको पनि संकेत गरे भारतमा पनि मल्टिप्लेक्समा तीन सय ६० तथा २५० बाट बढाएर ५०० भारु बनाइएको छ । उनीहरुले नेपालमा पनि टिकटको मूल्य बढाउन इमेल गरेका छन् । बिहीबार मल्टिप्लेक्स सञ्चालकहरुसँग मिटिङ छ । टिकट बढ्ने नबढ्ने बिहीबार दिउँसो तय हुनेछ,’ निरजले भने ।
यशराज फिल्मस्को ब्यानरमा बनेको फिल्ममा आमिर खान पहिलोपल्ट खलभूमिकामा प्रस्तुत हुँदैछन् । फिल्ममा अभिषेक बच्चनउदय चोपडाकट्रिना कैफ र जैकी श्राफ मुख्य भूमिकामा छन् । फिल्मले बलिउडका सबै रेकर्ड तोड्ने अपेक्षा राखिएको छ । फिल्म शुक्रबारदेखि विश्वव्यापी रुपमा रिलिज हुँदैछ 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>