सभासद सूची बुझाउने अन्तिम दिन आज
Posted by
purwanews
Published on
Tuesday, December 10, 2013
काठमाडौं, निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सिटमा विजयी उम्मेदवारको नाम सिफारिस गर्न दिएको एक साताको समयसीमा मंगलबार सकिँदैछ ।
आयोग स्रोतका अनुसार एमाओवादीसहितको राजनीतिक व्यवस्थापनका लागि उम्मेदवारको बन्दसूचीबाट सभासदको नाम सिफारिस गर्ने समय एक साता थपिने सम्भावना छ । कांग्रेसले सोमबार आयोगलाई पत्र लेखी समय पाँच दिन पर सार्न अनुरोध गरेको छ । आयोगका सहसचिव महेश्वर न्यौपानेले कांग्रेसको पत्र प्राप्त भए पनि त्यस विषयमा आयोगले कुनै निर्णय नगरेको बताए ।
दलहरूको आन्तरिक व्यवस्थापनका लागि मात्र सभासद सूची बुझाउने म्याद थप गर्न सकिँदैन,ु आयोगका एक अधिकारीले भने, एमाओवादीसहित समग्र राजनीतिक व्यवस्थापनका लागि सहयोगी हुने देखिएमा एक साता थप्न सकिन्छ । आयोगले सूची बुझाउने म्याद थप्न चाहेमा कार्यविधि संशोधन गर्नुपर्नेछ ।
आयोगको कार्यविधिमा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले प्राप्त गरेको मतका आधारमा सिट विभाजन गरेपछि बन्दसूचीबाट उम्मेदवार सिफारिसका लागि एक साताको समय दिने उल्लेख छ । उक्त अवधिमा दलको केन्द्रीय कार्यसमितिले बुझाएको सभासद सूचीमा कानुनमा तोकिएको प्रतिशतअनुसार समावेशी कोटा नमिलेको पाइएमा आयोगले त्रुटि सच्याउन तीन दिनको समय दिने उल्लेख छ ।
तोकिएको समयमा कुनै दलले नाम सिफारिस नगरे के हुन्छ भन्नेमा निर्वाचन कानुन र आयोगको कार्यविधि मौन छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको एमाओवादीले छानबिनका लागि उच्चस्तरीय समिति नबनेसम्म समानुपातिक सभासद सिफारिस नगर्ने अडान राख्दै आएको छ । यसअघि निर्वाचन आयोगका पदाधिकारीहरूले दलले बुझाएको बन्दसूची संविधानसभाको कार्यकालभरि मान्य हुने कानुनी व्यवस्था उल्लेख गर्दै एमाओवादीले नाम सिफारिस नगरे पनि अन्तिम परिणाम प्रकाशनको प्रक्रिया अघि बढ्ने बताउँदै आएका छन् ।
प्रमुख दलहरूले एमाओवादीको चित्त बुझाउने प्रयास गरिरहेको उल्लेख गर्दै सूची बुझाउने समयसीमा सार्न अनुरोध गरेपछि भने आयोगले लचिलो हुने संकेत गरेको हो । आइतबार बसेको कांग्रेस(एमालेको संयुक्त बैठकले सूची बुझाउने समय थप्न आयोगलाई अनुरोध गर्ने निर्णय गरेका थिए । कांग्रेसले आयोगलाई पत्र पठाए पनि एमालेसहितका दलहरूले आयोगलाई लिखित अनुरोध गरेका छैनन् । सभासद छनोटको मापदण्डसमेत बनाउन नसकेका प्रमुख दलहरूको आन्तरिक भागबन्डा मिलेको छैन ।
साना ९ दलले भने आफ्नोतर्फबाट सूची बुझाएका छन् । नेपाः राष्ट्रिय पार्टी, जनजागरण पार्टी, अखण्ड नेपाल पार्टी र मधेस समता पार्टीले मंगलबार सूची बुझाएका हुन् भने राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चासहित ५ दलले सोमबारै सुची बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस् >>