विदेशी सञ्चारमाध्यममा नेपालको चुनावी खबर

 काठमाडौ, अरू बेला नेपाललाई खासै भाव नदिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मतदान प्रक्रियादेखि मत गणना परिणामसँग संविधानसभा निर्वाचनको खबरलाई महत्त्वसाथ समेटेको छ । यतिमात्र नभएर उनीहरू पराजयपछि एमाओवादीको गतिविधि र अग्रपंक्तिमा देखिएका नेपाली कांग्रेस एवं  एमालेको भावी रणनीतीमा ध्यान केन्द्रित गर्दै खबरहरू प्रकाशन र प्रसारण गरेका छन् ।
छिमेकी मुलक भारतको समाचारपत्रहरू हिन्दुस्तान टाइम्स, द हिन्दु, द टाइम्स अफ इन्डिया, अमर उजाला र भास्कर दैनिकले निर्वाचनको सम्पूर्ण घटनाक्रम पस्केको छन् । त्यहाँको टीभी च्यानलहरू जी न्यूज, एनडीटीभी, आजतक, एबीपी न्यूज र आईबीएन ७ ले रुचिका साथ परिणामपछि नेपालमा हुने परिवर्तनबारे चासो राखिरहेको छ ।
'नेपाल अन एयाज एज माओइस्टस क्राइ फउल ओभर प्रचण्ड पोल लोस,'शीर्षकमा टाइम्स अफ इन्डियाले टाइम्स ग्लोबल पृष्ठमा खबर छापेको छ । यसमा आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हारपछि माओवादीको विरोधले नेपालमा देखिएको राजनीतिक उकुसमुकुसबारे उल्लेख गरिएको छ ।
भारतीय पत्रिका, टिभी र अनलाइनहरूले निर्वाचनपछि कस्को नेतृत्वमा सरकार बन्ने एवं त्यसले दुई मुलुकबीचको सम्बन्धलाई पार्ने प्रभावमा बढी ध्यान केन्द्रित गरेका छन् । ती टिभी र पत्रिकाको अनलाइन संस्करणमा निर्वाचन परिणामलाई समेटिएको छ । उनीहरूले काठमाडौं १० बाट पराजित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं १ बाट पराजित उनको छोरी रेणु दाहालको खबरलाई रोचक ढंगले पस्केका छन् । बहुमतबाट एकाएक क्षेत्रीय दलको अवस्थामा पुगेको माओवादीको सेरोफेरोमा उनीहरूले बढी खबर लेखेका छन् । एमाओवादीले गरेको निर्वाचन बहिष्कार र त्यसपछि निर्वाचन आयोग एवं प्रमुख दलबाट आएको धारणाको विश्लेषण गरिएको छ ।
अल जजिरा, च्यानलन्यूज एसिया डट कम, चाइना सेन्ट्रल टिभी(सीसीटीभी), रोयटर्स, सिन्ह्वा, पीटीआई, बीबीसी, एपी, एफपी, टाइम म्यागजिन, फस्टपोस्ट डट वल्र्ड, द वाल स्ट्रीट जर्नल र आइबीएनलाइभ डट इन डट कमले राजनीतिक उतार चढावबीच भएको यो निर्वाचनमा नेपाली जनताको साहसको प्रशंसा गर्दै सामग्रीहरू पस्केको छ । उनीहरूले विकसित घटनाक्रमका साथ तस्बिरहरू प्रकाशित गरेका छन् । प्रतिस्पर्धात्मक निर्वाचनमा भएको बिस्फोट र बुथ कब्जाको प्रयासलाई सुरक्षाकर्मीले असफल पारेको बारे पनि लेखिएको छ ।
उनीहरू पनि निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचनलाई उदाहरणीय मानेका छन् । नेपाल र यहाँको जनताको भविष्यसँग जोडेर यो निर्वाचनलाई हेरेका छन् । उनीहरुले राजशाहीको पतनपछि देखिएको राजनीतीक अस्थिरताबाट राहत पाउन दलहरुले चाल्ने कदमको बारेमा चीरफार गरेका छन् । फुटपछि कमजोर हुँदै गएको संगठन, जनहितका मुद्दाको कमजोर उठान र जनतामा आलोच्य गतिविधिले एमाओवादी तेस्रो र सीमांकृत दलहरुको स्थिति खराब भएको भनिएको छ ।
द वाल स्ट्रीट जर्नलले 'निर्वाचनले पाँच वर्षदेखि' को राजनीतीक अवरोध 'डेडलक' लाई हटाउने आशय व्यक्त गरेको छ । भारतको अनलाईन खबर फस्टपोस्ट डट वल्र्ड र आइबीएनलाइभ डट इन डट कमले यो निश्पक्ष निर्वाचनले सीमावर्ती मुलुक भारत र नेपालको सम्बन्धमा पर्ने प्रभाव बारे विश्लेषणात्मक खबर दिएको छ ।
परिणामपछि चीन र नेपालबीचको सम्बन्ध कसरी अघि बढ्ने बारे पनि भनिएको छ । निर्वाचनमा विभिन्न मुलुकले गरेको सहयोग बारे पनि उल्लेख गरिएको छ । उनीहरुले कँग्रेस र एमालेलाई लचिलो धारमा विश्वास राख्ने दल भनेको छ । जर्मनीको अनलाइन पत्रिका डी डब्लु डट डेले बमको पर्वाह नगरी नेपाली गरेको मतदानलाई उदाहरणीय मानेको छ । अमेरिकाको विदेश विभागको बेभसाइटमा पनि निर्वाचनलाई महत्व दिइएको छ ।
त्यसैगरी अमेरिकाको ग्लाबेलभ्वाइस अनलाइन डटकमले मतदानको फोटो फिचर नै प्रकाशित गरेको छ । विकिपिडियाले यो निर्वाचनको इतिहासदेखि ताजा निर्वाचन परिणामसम्मलाई अपडेट गरेर राखिसकिएको छ । निर्वाचनअघि, मतदानका दिन र मत परिणामसम्मको स-सानो अपडेट गरेको देखिन्छ । सीमांकृत दलको स्थिति, भावी सरकारको संरचना र प्रजातान्त्रिक संस्थालाई स्थापना गराउन दलहरु अघिल्तिर तेर्सिएको चुनौती बार विश्लेषण गरिएको छ । उनीहरुले समग्रमा दश वर्षे जनयुद्ध र सात वषभन्दा बढीको राजनीतीक अस्थिरताबाट यो मुलुकलाई यो निर्वाचनले निजात दिलाउने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>