चिनियाँ सागरमाथि अमेरिकी बमवर्षक विमान
Posted by
purwanews
Published on
Wednesday, November 27, 2013
पेन्टागनको भनाइमा पूर्वी चीनियाँ सागरमा चीनले हालै हवाई प्रतिरक्षा क्षेत्र घोषणा गरेको विवादित टापुहरुमाथि दुई वटा बी-५२ बमवर्षक् विमानको उडान नियमित तालिम अनुसार गराइएको हो र त्यसबारे चीनलाई जानकारी गराइएको थिएन।शनिबार चीनले सो क्षेत्रमा हवाइ प्रतिरक्षा क्षेत्र घोषणा गर्दै त्याहाँ उड्ने विमानहरुले चीनियाँ नियम पालना गर्नु पर्ने बताएको थियो। पेन्टागनका एक प्रवक्ताले ती विमानहरुले नियमित प्रक्रियाहरु पालना गरेको बताए।
अमेरीकी विदेश मन्त्रालयकी एक प्रवक्ताले चीनियाँ कदम एक पक्षिय भएको र त्यसबारे अमेरिकी उच्च अधिकारीहरुले चीनियाँ पक्षलाई जानकारी गराइसकेको बताइन्। “नोभेम्बर २३मा चीनले गरेको घोषणा एकपक्षीय छ, त्यो एकपक्षीय कदमले पुर्वी चिनियाँ सागरको वर्तमान अवस्थालाई बदल्न सक्छ।”
“त्यस्ले गर्दा त्याहाँ क्षेत्रिय तनाव बढाउन सक्छ आशंकाहरु बढ्न सक्छन् र दुर्घटना हुन सक्छ।”
जापानमा सेन्काकु र चीनमा दियायु भनिने ती टापुहरु जापान र चीनबीच बढ्दो तनावको कारक हुन्।
त्याहाँ चीनले एकपक्षीय रुपमा हवाइ प्रतिरक्षा क्षेत्र घोषणा गर्नुले चीनको अखण्डता प्रति राष्ट्रपति सी जिनपिङको प्रतिबद्धता दर्साउँछ।
तर जापानले विवादित टापुमाथि चीनले हवाइ प्रतिरक्षा क्षेत्र घोषणा गर्ने कदमलाई अस्वीकार गरेको छ।
त्याहाँका दुई विमान सेवाहरुले सो क्षेत्रमा उडान अनुमतिबारे टोकियोको निर्देशन पालना गर्ने बताएका छन्।
वासिङटनस्थित बीबीसीका जोनी डायमन्ड भन्छन्, “अमेरिकाको पछिल्लो कदम अचम्मलाग्दो छैन, वासिङ्टनले चीनिया प्रतिरक्षा रणनीतिहरुलाई नजिकबाट नियालीरहेको छ।”
(बि बि सि बाट
)
प्रतिक्रिया दिनुहोस् >>