वैद्य माआवादीका नेताहरु पक्राउ पर्ने


काठमाडौ । वैद्य माओवादीका शीर्ष नेताहरु पक्राउ पर्ने सम्भावना बढेको छ । चुनावी सरकारका गृहमन्त्री माधव घिमिरेले सर्वसाधारणमाथि बम हान्न निर्देशन दिने वैद्य माओवादीका नेतालाई चाँडै गिरफ्तार गरेर कानुनी दायरामा ल्याउने बताएका छन् ।
आइतबार सिंहदरवारस्थित गृहमन्त्रालयमा पत्रकार सम्मेल गरेर मन्त्री घिमिरेले गुडिरहेको बसमा बम हान्नेहरुलाई आततायीको संज्ञा दिंदै यस्ता घटना गराउन निर्देशन दिनेहरुलाई पक्राउ गरिने बताए ।
घिमिरेले भने, ‘नागरिकमाथि भएका आक्रमणका घटनाको अनुसन्धान भइरहेको छ । हामी यस्ता घटना गराउन निर्देशन दिनेलाई चाँडै गिरफ्तार गर्छौं ।’ वैद्य माओवादीसहितका चुनाव वष्हिकारमा भएका दललाई लक्षित गर्दै मन्त्री घिमिरेले अपराधिक काममा लाग्नेको चेत बेलैमा नखुलेमा उनीहरुमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताए ।
पेट्रोल बम प्रहारबाट एकजनाको ज्यान जानुका साथै दर्जनौ घाइते भइसक्दा पनि गृहमन्त्री घिमिरेले चुनाव विरोधी क्रियाकलापमा संलग्नहरुले जघन्य अपराध गर्न नसकेको दाबी गरे । चुनावका क्रममा कुनै व्यक्तिमाथि आक्रमण भएमा उनीहरुको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मामा सरकारले लिने बताउँदै मन्त्री घिमिरेले यदि मृत्यु भएमा उचित राहत प्रदान गरिने बताए ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>