मलालालाई समानता पुरस्कार
Posted by
purwanews
Published on
Wednesday, November 27, 2013
मोक्सिको । पाकिस्तानी अधिकारकर्मी बालिका मलाला युशुफजायीलाई मेक्सिकोको समानता पुरस्कारप्रदान गरिने भएको छ।
पाकिस्तानमा बालिका शिक्षा र महिला अधिकारका लागि उनले निर्वाह गरेको भूमिकाको कदरस्वरुप सो पुरस्कार प्रदान गरिने भएको मोक्सिको सरकारले जनाएको छ। उनलाई सन् २०१३ का लागि सो पुरस्कार दिन लागिएको हो।
बालिकाको शिक्षाको अधिकारका बारेमा वकालत गरेको भन्दै उनलाई सन् २०१२ मा पाकिस्तानका तालिवानहरुले गोलीहानी हत्या प्रयास गरेका थिए।
टाउकोमा गोली लागि भाग्यबस बाँचेकी उनको उपचार बेलायतमा भएको थियो। उपचारपछि निको भएकी उनले अहिले पनि पाकिस्तानमा गएर बालिकाको अधिकारका बारेमा सशक्त भूमिका निर्वाह गर्ने बताउँदै आएकी छिन्। मेक्सिको सरकारले हरेक वर्ष प्रदान गर्दैआएको विभेदका विरुद्ध एवम् नारी तथा जाती विशेषको समानताका साथै मानवअधिकारका पक्षमा सङ्घर्षरत विभिन्न अन्तर्राष्टि्रय व्यक्तित्वलाई सो पुरस्कार दिने गरिन्छ। हाल १६ वर्षको मात्र उमेरकी बालिका मलालाको बालअधिकारका लागि गरेको सङ्घर्ष विश्वमा नै चर्चित रहेको छ।
उनलाई यसअघि विश्वका विभिन्न देशले यस्तै अन्तर्राष्टि्रय स्तरका पुरस्कारहरु दिँदै आएका छन्। उनलाई यसवर्षको नोवेल शान्ति पुरस्कार पनि दिन सकिने चर्चा गरिएको थियो।
हाल उनलाई बालअधिकारका लागि संयुक्त राष्ट्रसङ्घले विश्वकै सदभावना राजदूतका रुपमा नियुक्त गरेको छ। उनका नाममा संयुक्त राष्ट्रसङ्घमा एक कोषको स्थापना गरिएको छ र सो कोषको रकम बालिका शिक्षाका लागि खर्च गरिने बताइएको छ।यसका साथै संयुक्त राष्ट्रसङ्घले उनलाई उसको साधारणसभामा पनि सम्बोधन गर्ने अवसर दिएको थियो। यस्तो अवसर विशेष व्यक्तिलाई मात्र प्रदान गरिन्छ।
उनलाई गत महिनामात्र पनि विश्व बालअधिकार दिवासका अवसरमा युरोपेली युनियनले सो युनियन195र्ारा प्रदान गरिने साखरोभ पुरस्कार दिएको थियो। मेक्सिको सरकारले दिने यस समानता पुरस्कारका लागि आगामी सन् २०१४ मा मेक्सिकोमा नै विशेष समारोहको आयोजना गरिने भएको बताइएको छ।
तर सो पुरस्कारको राशी वा के कस्तो प्रकृतिको हो भन्ने बारेमा भने केही जनाइएको छैन। हाल उनी बेलायतमै बस्दै आएकी छिन्।
प्रतिक्रिया दिनुहोस् >>