सिराहा ५ को मतगणना रोकियो ।

फाइल तस्बिर , सन्जिव वाग्ले 
सिरहा । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार रहेको सिरहा क्षेत्र नम्बर ५ मा गए राती देखी  स्थगित भएको मतगणना कार्य अझै सुरु हुन सकेको छैन ।

 सिरहा क्षेत्र नम्बर ५ स्थित रामपुरविर्ता गाविसमा खसेको एक हजार आठ सय ४४ मतमध्ये २ सय १८ मत बढी देखिएकोले निर्वाचन आयोगमा रायका लागि पत्राचार गरेपछि मतगणना कार्य रोक्न निर्देशन आएको निर्वाचन अधिकृत उद्धव प्रसाद प्रसाईले बताए ।

मतगणना कार्य रोकिएपछि एमाले लगायतका दलहरुले विरोध गरिरहेका छन् । पछील्लो मतगणना अनुसार एमाओवादी अध्यक्ष दाहालले सात हजार ९० र उनको प्रतिस्पर्धी एमालेका लीलानाथ श्रेष्ठ ६ हजार ५९० मत ल्याएर पछ्याउँदै आएको हो । क्षेत्र नम्बर ५ मा कूल १६ गाविसमा ६८ मतदान केन्द्र रहेकोमा ३१ वटा मतदान केन्द्रको मत गणना भईसकेको छ भने ३७ वटा मतदान केन्द्रको मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत प्रसाईले बताए ।
सिराहा सदर्मुकाम स्थित चन्द्र माबी मतगणना केन्द्रमा मतगणना सिराहका अरु क्षेत्रको मतगणना भईरहेको छ । अहिले सम्म सिराहामा ४० प्रतिसत मतगणना भईसकेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>