घरदैलो अभियान तिव्र
Posted by
purwanews
Published on
Tuesday, October 29, 2013
धरान / नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का उम्मेदवार चन्द्रप्रसाद श्रेष्ठलाई विजयी गराउन कांग्रेसले घरदैलोअभियानलाई तिव्रता दिएको छ ।
कांग्रेसले आज धरान १५ मा घरदैलो कार्यक्रम गरेको छ । धरान १५ स्थित श्याम चौकमा बोल्दै उम्मेदवार श्रेष्ठले लोकतन्त्रको रक्षा र जनताको भावना बुझेर काम गर्ने पार्टी नेपाली कांग्रेस मात्र रहेको बताए ।
उनले २० ४७ सालको संविधान पनि नेपाली कांग्रेसको नेतृत्वको सरकारले बनाएको उल्लेख गर्दै कांग्रेसले जितेमा माात्र पहिचान र सामथ्र्यमा आधारित लोकतान्त्रिक संविधान बन्ने दाबी गरे ।
सुकुम्बासिलाई नगरबासी बनाउन नगरपालिकासग मिलेर घरधुरी कर सम्बन्धी व्यवस्था गर्ने । सुकुम्बासीहरुको पूर्ण विकासका लागि स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्ने र निराजन बस्ती र खोरिया बस्तीमा विकासको पहल गर्ने बताए ।
आजै धरानको छताचोकमा रहेको कार्यालयमा धरानमा रहेका खेलाडीहरुसँग भएको छलफलमा उमेद्वारहरु चन्द्र प्रशाद श्रेष्ठ र मिना सुब्बाले खेलाडि हरुको माग पुरा गर्ने प्रतिबद्दता जनाएका छन ।
प्रतिक्रिया दिनुहोस् >>