कोशी नदिमा डुंगा पल्टदा दुईको ज्यान गयो, दर्जनौ बेपत्ता
Posted by
purwanews
Published on
Monday, August 5, 2013
नबराज बिष्ट / धरान
आङै जिरिङ्ग बनाउने साउने भेल तरेर त आइयो फर्कने कसरी ? त्यही त्रासमा वर्षेनी सप्तकोशीसँग सिँगौरी खेलेका रामपुर, ठोक्सिला मैनामैनीलगायत उदयपुर कोशी पारिका स्थानीयबासीलाई साढे सात नै लागेको रहेछ यो वर्ष ।
खहरे नै उल्टिँदा पनि त्यस्तो बिघ्न दशा नलागेको यो वर्ष भने कोशीले दुर्दशा निम्त्यायो । धर्म गरेर फर्किएको पनि भनेन, शुद्धि कार्य गरेर फर्किएको पनि भनेन । धरानको पिण्डेश्वर वावाधाममा जल चढाएर फर्किरहेका बोलबम तीर्थयात्रीहरु, सुनसरीको चतरामा रहेका एक आफन्तको १३ दिने अन्तिम सस्कार सकेर फर्कने यात्रुहरु माथि नै दशा आइ प¥यो ।
बर्खाको टिल्पिल कोशी, खाउलाजस्तै गरेर उर्लेको भेल त्यस्तो उर्लदो छाल पनि काटेर नदी किनारमा आउनै लाग्दा डुङ्गा घोप्टियो । कालको खेल कस्ले जान्दछ र ? चढेकै यात्रुहरुको असावधानीले डुङ्गा चुर्लुम्मै भो । पारि तरौ“ला घर पुगौ“ला भन्दै हतारिएका यात्रुको हतारोले यत्रो बिघ्न निम्त्यो ।
चढेका यात्रुहरुलाई गन्तव्यमा पु¥याउनै लाग्दा, कोशी किनारमा पुग्नै लाग्दा डुङ्गाको एकातिरमात्र भार बढी भयो नाउमा पानी बिस्तारै पस्न लाग्यो आत्तिएका यात्रु त्रासले फाल हान्न लागे, यात्रुको धैर्यता गुम्यो सबै हतार गर्न लागे उनीहरुको हतार नै दूर्भाग्य बन्यो । डुङ्गामा चढेका ८० भन्दा बढी यात्रु चुर्लुम्मै । दिन नपुगेका ५८ जना पौडेर बा“च्न सफल भए । २० भन्दा बढी बेपत्ता भए २ जनालाई निकाल्न चाहि निकालियो तर दुर्भाग्य त्यतिन्जेलसम्म उनीहरुको प्राण पखेरो भने उडिसकेको थियो । चार जनाको स्थानीय बासीले जीवीतै उद्यार गरे ।
बराहक्षेत्रको चतराघाटबाट कोशी नदी पार गरी उदयपुरको ठोक्सिला स्थित सोमबारे घाटमा पुगेको डुङ्गा सोमबार सवा तीन बजे अचानक पल्टीदा २० जनाभन्दा बढी बेपत्ता भए ।
ती मध्ये केही बालबालिका पनि रहेको बताइएको छ । ८० जना भन्दा बढी चढेको डुङ्गा सोमबारे घाटमा पुगेर रोके पछि यात्रुहरु तर्ने क्रममा दिउसो सवा तीन बजे दुर्घट्ना भयो । ज्यान गुमाउनेमा उदयपुर रामपुर ठोक्सीलाकी पार्वती खड्का रहेको प्रहरीले जनाएको छ भने एक जना सुनसरी महेन्द्रनगरको बाङ्गे बस्ने बताइएको छ ।
वेपत्ता हुनेहरुमा उदयपुरको मैनामैनी–९ बस्ने २९ बर्षीय टेकराज राई, ठोक्सिलाका ३५ बर्षीय जहरमान राई र उनकी श्रीमती परथमाया राई लगायत रहेका छन् । घट्नास्थलमा पुगेका कोशी अंचल प्रहरी प्रमुख यादवराज खनालले वेपत्ताको खोजी जारी राखेको बताए । नदीमा पानीको मात्रा बढि रहेकाले खोजीमा समस्या भएको र भोली नेपाली सेनाको मोटरबोट उद्दार कार्य जारी राख्ने प्रहरीले बताएको छ । हिजो देखि सप्तकोसी नदीमा पानीको बहाब बढेको र डुङ्गामा क्षमता भन्दा बढि यात्रु चढेकाले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
हराउनेहरुमा अधिकांश उदयपुरका रहेको अनुमान गरिएको छ । हराइ रहेकाहरुको उद्धारका लागि सुनसरीको चतरा स्थित सशस्त्र प्रहरीको बेसक्याम्पबाट र रामपुर ठोक्सीला प्रहरी चौकीबाट प्रहरीनिरीक्षक महेन्द्र थापाको नेतृत्वमा १९ जनाको टोली घटना स्थलमा पुगेको थियो ।
यात्रुहरुले सावधानी नअपनाउदा र डुङ्गा सन्चालकहरुको सामान्य लापरबाहीले गर्दा यस्ता घटनाहरु घट्ने गर्छन् । डुङ्गाको क्षमता र बाढीको अवस्थालाई कम आक्ने यस्ता लापरबाहीले अपुरणीय क्षति भइरहेको छ । स्थानीय निकायको गैरजिम्मेबारी र निश्चित नियम, र मापदण्ड निर्धारण नगर्नाका कारण सर्वसाधारणहरु यसरी दिनहु“ जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानीय गणेश राईले आरोप लगाए ।
![]() |
| यही हो कोशीमा दुर्घटना भएको डुंगा । तस्बिर : हिमाल दाहाल |

प्रतिक्रिया दिनुहोस् >>