कर्णको पुनर्वहालीमा मजदुरको स्वागत

मजदुर कुटेको भन्दै विरोध भएपछि उद्योग छाड्न बाध्य बनाइएका उद्योग कर्मचारी विवेक कर्णलाई उद्योगमा पुनर्वहालि गरिएको छ । उनी उद्योगमा पुनर्वहाली भएलगत्तै उद्योगमा कार्यरत् मजदुरहरुले फूलमालाले स्वागत गरेका छन् ।
सुनसरीको सोनापुर २ स्थित पशुपती सिनप्याक उद्योगमा एक साता अघि ड्युटीको समयमा निदाउने कर्मचारीलाई कुटेपछि प्रोडक्सन कोअर्डिनेटर कर्णको विरोध गरिएको थियो । बाहिरी पक्षले घुसपैठ गरी आफ्नो खेदो खनेको बताउँदै कर्णले आफू मजदुरहरुसँग सधै भातृत्व कायम गरी काम गर्न तत्पर रहेको बताए । ‘काम गर्दै जाँदा कहिलेकाहिँ तितो मिठो हुन्छ,’ उनले भने, ‘उद्योगका मजदुरहरुको सद्भावका बाबजुद बाहिरी तत्वले स्थितीलाई अराजक बनाएर काम छाड्न बाध्य बनाएको थियो ।’ स्वागत सम्मानपछि शनिबारबाटै जिम्मेवारी सम्हालेका कर्णले सबै मजदुर तथा कर्मचारीको साथ पाउने विश्वास व्यक्त गरे ।
१२ वर्षदेखि सोही उद्योगमा कार्यरत् कर्णलाई मजदुरहरुले गेटमै फूलमाला र अबिर लगाइ बोकेर कार्यकक्षसम्म पुर्याएका थिए । उद्योगमा कार्यरत् सुपरभाइजरलगायतका मजदुरहरुले कर्ण आफूहरुको अविभावक भएको भन्दै पुनर्वहाली भएकोमा खुसी भएको प्रतिक्रिया दिएका छन् ।
सुनसरी, साउन १९


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>