चन्द्रमाको ढुंगा नेपाल ल्याइयो

चन्द्रमामा पहिलो पटक पाइला टेक्ने नील आर्मस्ट्रंगले पृथ्वीमा ल्याएको चन्द्रमाको ढुंगो आज नेपाल ल्याइएको छ । सुनसरीको अमाहिवेल्हास्थित शान्तीवनमा बनाइएको एभरेष्ट साइन्स सेन्टरमा सोमबारबाट सुरु हुने प्रदर्शनीमा उक्त ढुंगा प्रदर्शनी गरिने सेन्टरका सञ्चालक डा. दिलिप अधिकारीले बताए ।
अमेरिकाको ह्युसटनस्थित नासाको कार्यालयबाट २० घण्टाको हवाइ यात्रापछि उक्त ढुंगो नेपाल ल्याइएको हो । १२० ग्रामको ढुंगोलाई पृज्म आकृतीको सीसा जस्तै पदार्थभित्र राखिएको छ । नासाले एक महिनाका लागि उक्त ढुंगो दिएको हो । ढुंगासँगै नासाले उक्त ढुंगासम्बन्धि कागजात समेत दिएको छ । विश्वासका आधारमा अति मूल्यवान ढुंगो दिइएको जनाउँदै अधिकारीले नील आर्मस्ट्रंग जन्मिएको तारेख पारेर ढुंगा प्रदर्शन गर्न लागिएको जनाए । सुनसरी, साउन १९


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>