झापामा नक्कली सवारी चालक अनुमती पत्र

ड्राइभिङ्ग इन्ष्टिच्यूट र यातायात कर्मचारीहरुको मिलेमतोमा नक्कली सवारी अनुमती पत्र बिक्री हुने गरेको रहस्य सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको विशेष टोलीले पछिल्लो पटक नक्कली सवारी अनुमती पत्र बेच्ने दुई जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । पक्राउ पर्नेमा बुधवारे ८ घर भइ चारपाने १ बिर्तामोडको गड्तौला मोटर ड्राइभिङ्ग ट्रेनिङ सेन्टरका प्रशिक्षक रुद्रबहादुर विश्वकर्मा र सोही सेन्टरमा कार्यरत एकाउन्टेन्ट इलाम समाल्वुङ ७ की प्रेमकुमारी तामाङ छन् । यी दुवै जनाले नक्कली सवारी अनुमती पत्र बनाउनका लागि इन्ष्टिच्यूट सञ्चालकको संरक्षणमा विर्तामोडका देवी बस्नेतले कर्मचारीसंग सही छाप मिलाउने गरेको बताएका छन् । दुइ महिनायता दर्जनौ नक्कली लाइसेन्स बेचिसकेको स्वीकारेका दुवैले प्रति लाइसेन्स तीन सय रुपैया पाउने गरेको बताएका छन् ।
१५ दिनको अवधिमा झापा प्रहरीले सुराकीको आधारमा दुई वटा समूहका चार जनालाई पक्राउ गरिसके पनि हालसम्म प्रमाण अभावका कारणले मुख्य अभियुक्त पक्रन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार यातायात व्यवस्था कार्यालय मेचीको नाममा पछिल्लो समय नक्कली लाइसेन्स बनाउने गिरोह सक्रिय भएको पाइएपछि सादा पोशाकमा विशेष टोली खटाई अनुसन्धान थालेपछि १५ दिनमा ४ जना पक्राउ परिसकेका छन् भने गिरोहको नाइकेसम्म पुग्न प्रहरीले विशेष अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका सवैले यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुको सहयोगमै काम गर्ने गरेको वताउने गरेपनि प्रमाणित नहुदा प्रमाण अभावमा प्रहरी कर्मचारी नजिक पुग्न सकेको छैन भने पक्राउ परेका पनि अनुसन्धन अवधिपछि तारिकका छुटने गरेको पाइएको छ । पछिल्लो पटक पक्राउ परेका दुवैलाई प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गरेर काम अगाडि बढाएको जनाएको छ ।
पंकज शर्मा, झापा


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>