इटहरीको क्याम्पसमा बन्दुकधारी पस्दा भागाभाग

इटहरीस्थित जनता क्याम्पसको बीबीएस तेस्रो वर्षको कक्षामा पेस्तोल देखाउँदै तर्साउने पकली कान्छीचोकका अमित राईको घर नजिकैबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
नजिकैको बाँसघारीबाट प्रहरीले मेड इन यु एस ए लेखेको पेस्तोल बरामद गरेको हो । राईलाई प्रहरीले यसअघि नै को ८ प ७२५ नम्वरको मोटरसाइकलसहित पक्राउ गरीसकेको छ ।
asar 21
इटहरीस्थित जनता क्याम्पसमा एक बन्दुकधारी कक्षा कोठामै प्रवेश गरेपछि क्याम्पस नै आतंकित बनेको छ । विहानको समयमा हातमा पेस्तोल लिएर क्याम्पसको बीबीएस तेस्रो वर्षको कक्षामा प्रवेश गरेपछि विद्यार्थी तथा शिक्षकहरु त्रस्त बने ।
कक्षा कोठामा पुगेका पकलीका अमिर लिम्बुले बिमला लिम्बु खोइ भन्दै बन्दुक देखाएर विद्यार्थी र शिक्षकहरुलाई गाली गलौजसमेत गरेका थिए । एक्कासी पेस्तोलसहित कक्षा कोठाभित्र प्रवेश गरेपछि भागाभाग मच्चिएको थियो । पछि उनलाई नेविसंघका विज्ञान राईले पेस्तोल अनलोड गरी भगाएको विद्यार्थीहरुले बताएका छन् ।
asar 20
प्रतिक्रिया दिनुहोस् >>