फोटोसहितको मतदाता नामावली संकलन आज अन्तिम दिन

जिल्ला निर्वाचन कार्यालय मोरङले आज अन्तिम दिन फोटोसहितको मतदाता नामावली संकलन गरीरहेको छ ।
विहान आठै बजेबाट फोटोसहितको मतदाता नामावली संकलन कार्य भईरहेको कार्यालय मोरङका प्रमुख विनोद दहालले बताउनु भयो ।
विहानबाट सुरु भएको फोटो खिच्ने काम अहिले पनि जारी रहेको दहालले बताउनु भयो । दहालका अनुसार विहानदेखि अहिले सम्म ३ सय बढीले फोटो खिचाएका छन् ।
कार्यलयका अनुसार आज अन्तिम दिन जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचनमा फोटो खिच्ने काम भईरहेको छ ।
विहानैदेखि फोटो खिच्नेहरुको भीड लागेका कारण साझसम्म फोटो खिच्ने काम जारी रहने दहालले बताउनु भएको छ ।
फोटो खिचाउन छुटेकाहरुलाई नागरिकताको प्रमाणपत्र वा बेजिल्लाको भए बसाईसराईको प्रमाणपत्र लिएर आउन समेत जिल्ला निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

- पुन्य पी अधिकारी

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>