SLC को नतिजा वेबसाइट र मोबाईलमा मात्र
Posted by
purwanews
Published on
Monday, June 10, 2013
सुचना प्रविधीको बिकास र बढ्दो पँहुच सँगै फलामे ढोका मानिने SLC को नतिजा प्रकाशन गर्ने परम्परागत ढाँचा फेरिदो छ । केही वर्ष अगाडी गोरखापत्रमा छापीएको एसएलसीको नतिजा हेर्ने घण्टौ हिडेर सदरमुकाम जानेहरुलाई अचम्म लाग्न सक्छ यस पटक देखी परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले कुनै पनि पत्रिकामा SLC को नतिजा प्रकाशन गर्ने छैन । बिकल्पमा सरोकारवालाहरुले वेबसाईटमा हेरेर तथा एसएमएस गरेर नतिजा थाहा पाउने छन । पत्रिकाको संख्या बढे पनि यसको प्रभाव र पँहुँच दुर्गम गाँउको तुलनामा शहरी क्षेत्रमा मात्र बढेकोले पत्रिकामा नतिजा प्रकाशन नगर्दा सरोकारवालाहरुालाई खासै अप्ठ्यारो नपर्ने बताईएको छ ।
पनिकाले नतिजा सार्वजनिक गर्ने बित्तिकै शिक्षा बिभागको वेबसाईट www.doe.gov.np , एडुसञ्जाल को वेबसाईट www.edusanjal.com मा नतिजा थाहा पाउन सकिन्छ भने www.soce.gov.np, slc.ntc.net.np , www.educationsansar.com आदीमा नतिजा र प्राप्ताङ्क दुबै थाहा पाउन सकिने बताईएको छ ।
परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीबाट नतिजा प्रकाशन भएपछि, एस् एम एस् बाट एस्एलसी को नतिजा हेर्नलाई आफ्नो मोबाइलको मेसेज बक्समा गएर slc पर्दछ अनि एउटा स्पेस दिएर आफ्नो एसएलसीको सिम्बल न. लेखेर ५००१ मा पठाउनु पर्दछ त्यसपछी सो सिम्बोल नम्बरको बिध्यार्थी कुन डिभीजनमा पास वा फेल के भएको हो सो नतिजा आफ्नो मोबाईलको ईनबक्समा देखा पर्दछ ।
औपचारिक रुपमा सधैझै परिक्षा नियन्त्रण कार्यलयले SLC को नतिजा असार पहिलो हप्ता प्रकाशित हुने बताए पनि नतिजा प्रकासन र प्रशारणमा संलग्न श्रोतका अनुसार यही बुधबार नतिजा प्रकाशन हुनेछ ।

(From, eNepal media)
प्रतिक्रिया दिनुहोस् >>