होटलमा स्तरीयता छैन
पूर्वाधारमा स्तरोन्नती गरेपनि इटहरीका होटलहरुमा अझै पनि सफा स्वच्छ खानेकुरा नपाइएको अनुगमनका क्रममा भेटिएको छ ।
सोमबार इटहरीमा होटल अनुगमनका क्रममा खाना पकाउने कोठामा पर्याप्त सरसफाइ नगरिएको, होटल आसपासबाट दूर्गन्ध फैलिएको, धेरै दिनदेखिको वासी खानेकुरा बेच्न राखिएको भेटिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागको केन्द्रिय कार्यालय, क्षेत्रिय कार्यालय विराटनगर, प्रहरी, उपभोक्ता संरक्षण मञ्च, उद्योग वाणिज्य संघ र पत्रकारहरु सहितको टोलिले अनुगमन गरेको थियो । टोलीले इटहरी र धरान होटलको अनुगमन गरीसकेको छ भने झुम्का र इनरुवामा अनुगमन गर्ने जनाइएको छ ।
विभागले देशभरका होटल अनुगमन गरी होटलको स्तर निर्धारण गर्ने प्रारम्भिक चरणअन्तर्गत सुनसरीमा होटल अनुगमन थालेको विभागको केन्द्रिय कार्यालयका खाद्य निरीक्षक ईश्वर सुवेदीले बताए । नेपालका तीन जिल्लाका होटलहरुको स्तर निर्धारण गरिसकिएको जनाउँदै उनले होटलहरुलाई सचेत गराउन मात्र पहिलो चरणको अनुगमन गरिएको जनाए ।
प्रतिक्रिया दिनुहोस् >>