टेलिकमले १,९९९ मा डाटाकार्ड दिने
Posted by
purwanews
Published on
Monday, June 24, 2013
नेपाल टेलिकमले सीडीएमए प्रविधिको इन्टरनेटलाई डाटा कार्डसँग बण्डलिङ गरेर सेवा दिने भएको छ। टेलिकमले इभिडियो डाटाकार्ड १,९९९ मा उपलब्ध गराउने बताएको छ। टेलिकम वायरलेस सेवा निर्देशनालयका उपप्रबन्धक अनन्तमान सिंहले टेलिकमले डाटाकार्डसँग बण्डल गरेर इभिडियो सेवा ल्याउन लागेको बताए। सिंहका अनुसार टेलिकमले असार मसान्तमा यो बण्डल प्याकेज उपभोक्ताका लागि उपलब्ध हुनेछ। टेलिकमको इभिडियो सेवामा ३.१ एमबीपीएस सम्मको गति पाउन सकिन्छ।
टेलिकमले ल्याउने इभिडियो डाटाकार्डमा उपभोक्ताले तिर्ने शूल्कमा डाटाकार्डका साथ एक महिना भित्र प्रयोग गरिसक्नुपर्ने गरि पाँच जीबी डाटा पाउनेछन्। टेलिकमले दिने डाटाकार्डमा एकजीबीको डाटा स्टोरेज क्षमता पनि उपलब्ध हुनेछ। जसले छुट्टै पेनड्राइभ बोक्नुपर्ने अवस्था रहनेछैन। उपप्रबन्धक अनन्तमान सिंहले टेलिकमको सीडीएमए नेटवर्कको कभरेज देशभर भएकाले यो सेवा लिनेहरुले देशभर जहाँ पनि इन्टरनेट चलाउन सक्नेछन्। टेलिकमको सीडीएमए सेवा लिनेहरुले कमजोर नेटवर्क भएको स्थानमा पनि वान एक्स मोडमा इन्टरनेट चलाउन सक्छन्। देशमा बैशाख सम्मको दूरसञ्चार तथ्यांकले देशका २५.२३ प्रतिशत जनसंख्या सम्म इन्टरनेट पुगेको देखाएको छ। doorsancahr
प्रतिक्रिया दिनुहोस् >>