एसएलसी उत्कृष्ठलाई सम्मान

नेकपा एमालेको भातृ संगठन युवासंघ दुई नम्बर क्षेत्रीय कमिटिले एसएलसी परिक्षामा उत्कृष्ठ विद्यालय तथा छात्रछात्रालाई सम्मान गरेको छ । इटहरीमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयतर्फ ४४ प्रतिशत उत्तीर्ण गराएर क्षेत्रमा सर्वोत्कृष्ठ तथा जिल्ला दोस्रो हुने कचना माविलाई सम्मान गरेको हो । त्यसैगरी निजीतर्फ उत्कृष्ठ हुने तरहराको ज्ञानदर्पण एकेडेमीलाई सम्मान गरेको छ । निजी विद्यालय छात्रतर्फ राजमिलन पौडेल, छात्रातर्फ कोशी सेन्टजेम्स क्याम्पसकी सुस्मिता विष्ट, सामुदायिकमा छात्रतर्फ प्रज्वल निरौला र छात्रातर्फ आशय मिश्र सम्मानित भएका छन् ।
कार्यक्रममा बोल्दै एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले एसएलसीमा नतिजा खस्किरहेको अवस्थामा उत्कृष्ठ नतिजा ल्याउने विद्यालयहरुलाई सम्मान गर्दै प्रोत्साहित गर्नुपर्ने बताए ।
asar 5


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>