नेपालमा जैबिक प्रबिधिको सम्भावना
Posted by
purwanews
Published on
Tuesday, June 11, 2013
तन्तु प्रजननमा आधारित जैबिक उधोगहरु नेपालमा रहेको बनस्पति जन्य बिविधतालाई उपयोग गरेर पनि स्थापना गर्न सकिन्छ । हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीहरुको तन्तू बिभाजन प्रबिधिबाट प्रजनन गर्ने ब्यापारिक प्रयोगशालाको स्थापना गर्न सकिन्छ । जसबाट छोटो समयमै पनि बिरुवाहरु को गुणात्मक बृदि गर्न सकिन्छ र ब्याबसायिक उत्पादन गर्न सकिन्छ । यहि प्रबिधिको उपयोग गरेर विस्वमै अत्याधिक माग रहेको ग्यानोडर्मा र सिताके च्याउको ब्याबसायिक उत्पादन गर्ने उधोगहरुको पनि प्रचुर सम्भावना छ ।
आज सुचना र सञ्चार विस्व अर्थतन्त्र को एक अभिन्न अंग नै बन्न पुगेको छ । विश्वमा नया सम्भावनाका चुनौतिपुर्ण बिज्ञान क्रान्ति पनि सुरु भइ सकेको पछील्लो समयमा विश्वका ठूला ब्यापारिक समुहहरु जैबिक प्रबिधि उधोगमा लगानी बिस्तार गरिरहेका छन । यति सम्म कि कम्युटर र सुचना र सञ्चारको आड्मा विश्वमै धनी बन्न सफल अमेरिकि नागरिक बिल गेट्सले कम्युटर र सुञ्चार पछि अर्को यो क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका थिए ।
नेपालमा पनि सरकारी स्तरमा नेपाल कृषि अनुसन्धान परिषदको स्थापना भए पस्चात कृषि जैबिक प्रबिधि क्षेत्रमा केहि कामहरु भएको देखिन्छ । तर, जुन गतिमा हुनु पर्न हो हामीकहाँ त्यो चाहि हुनसकेको छैन । पछि विज्ञान तथा प्रबिधि प्रतिष्ठानको स्थापना संगै यो क्षेत्रमा थप कामहरु भईरहेको पाइन्छ । तर , अनुसन्धानका नया उपलब्धिका बारेमा जानकारी र प्रचार प्रसारको कमिले गर्दा स्थानिय र ग्रामिण स्तर सम्म यसको उपलब्धिलाई पु–याउन सकिएको छैन ।
नब्बेको दशकमा नेपाल खाद्य निर्यातको अवस्थामा रहे पनि पछि खेति योग्य जमिनको कमि ,कृषि प्रणालिमा अधुनिकिकरण नहुनु , हावा पानि सुहाउदो दिगो प्रणाली को अनुसन्धान नहुन, जनसंख्याको बृदि हुनु जस्ता करणले हाम्रो निर्यात मुखी बन्दैगएको कृषि बिस्तारै आयात मुखी बन्दै गएको छ । जलबायु परिबर्तनले विश्वमा नै सावा दुई अर्ब मानिसहरु विस्वब्यापि खाद्व संकट को चपेटामा परेका छन साथै अर्बौ मानिसहरु नयाँ नयाँ रोगका माहामारीमा परिरहेका छन । यस बाट नेपाल पनि अछुतो छैन । तराईमा उन्मुलन भएको औलो , हात्तिपाइले, जापानिज इन्सेप्लाइटिस रोगहरु पुन माहामारीको रुपमा देखापरिरहेका छन । यसरी बर्सेनी नेपालको खाद्य सुरक्षा र स्वास्थय संकटमा परिरहेको छ ।.
हावापानी, भौगोलिक बिबिधता र यहा पाईएको जैबिकिय स्रोत साधनले गर्दा नेपालमा जैबिक उधोगको ठूलो सम्भावना रहेको पाइन्छ । केबल पहिचान र उचित लगानीको खाचो छ । हाम्रो कृषि प्रणालि अहीले पनि परम्परागत नै छ । विश्व कृषि हरित क्रान्तीको हामिले न समुचित उपयोग नै गर्न सक्यो न त औधोगिकरण तिरै अगाडि बढन सक्यौ । मात्र हरित क्रान्तीको नाममा लाखौ लाख टन रसायनिक मल र बिषादी अनुदान लियौ र नियन्त्रित प्रयोग र उचित प्रबिधिको अभाबमा हाम्रो उर्बर भूमिको उर्भराशक्तिलाइ नस्ट गरिम ।
हामि खाद्द्य सकटको चपेटामा पुगेका छौ । विकसित देशहरुले हरित क्रान्तीबाट हुने जोखिम बाट बच्न बैकल्पिक उपायको रुपमा जैबिक प्रबिधिलाइ अपनाएका छन। हामि भने अलि पछि नै छौ । अब नेपालको कृषि प्रणालिलाई दिगो बनाउन यसमा काम गर्नु पर्छ नत्र हामी एक दशक पछि पर्ने निस्चित छ । । यसरी नेपालमा कृषि जैबिक प्रबिधि जन्य उधोगको ठूलो सम्भवना रहेको छ । शुक्ष्म जिवाणुमा आधारित जैबिक मल तथा जैबिक बिषादीको उधोग, शुक्ष्म जिवाणुमै आधारीत बालिनालीलाई अत्यावस्यक खाद्य तत्व उत्पादन गर्ने ईन्ज्यायम उत्पादन गर्ने साथै बनस्पती जन्य मल र बिषादी उधोग हरुको ठूलो सम्भावना रहेको पाइन्छ ।
कृषिमा आधारित जैबिक उधोगहरुमा , नेपालको तराई र मध्य तराईको भू–भागमा मेवा को ब्याबसायिक खेति गरेर मेवामा पाइने पपईन नामक जैबिक तत्वको प्रिथकिकरण गर्न सकिन्छ । बिस्वमा यसको ठूलो माग रहेको छ । पाचक परिपुरकको रुपमा यसको प्रयोग गर्ने गरिन्छ । यसबाट बिदेसी मुद्रा भित्राउन सकिन्छ । साथै स्वदेशमै पनि रोजगारी सृजना गर्न सकिन्छ । मध्य पहाडको चिसो हावापानीमा माछा पालन गरेर यसमा पाइने प्रोटिन ओमेगा ३ र ओमेगा ६ लाई प्रिथकिकरण गरेर पनि ठूलो मुद्रा आर्जन गर्न सकिन्छ । यि उधोगहरु मध्यम लगानी बाट पनि शरु गर्न सकिन्छ । साथै उच्च चिसो हावापानीमा पाइने लौठ सल्लामा पाइने ट्याक्सोल लाई प्रिथकिकरण गरेर पनि बाह्य मुद्रा आर्जन गर्न सकिन्छ ।
तन्तु प्रजननमा आधारित जैबिक उधोगहरु नेपालमा रहेको बनस्पति जन्य बिविधतालाई उपयोग गरेर पनि स्थापना गर्न सकिन्छ । हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीहरुको तन्तू बिभाजन प्रबिधिबाट प्रजनन गर्ने ब्यापारिक प्रयोगशालाको स्थापना गर्न सकिन्छ । जसबाट छोटो समयमै पनि बिरुवाहरु को गुणात्मक बृदि गर्न सकिन्छ र ब्याबसायिक उत्पादन गर्न सकिन्छ । यहि प्रबिधिको उपयोग गरेर विस्वमै अत्याधिक माग रहेको ग्यानोडर्मा र सिताके च्याउको ब्याबसायिक उत्पादन गर्ने उधोगहरुको पनि प्रचुर सम्भावना छ ।
कृषि बालि अनुसन्धान र बिउ उत्पादन अहिले सम्म पनि नेपालले दिगो बालि र हावापानि संग अनुकलित बिउहरुको उन्मोचन गर्न सकेको छैन । यसमा सरकारी निकाय पनि त्यति लागि परेको देखिदैन । बरु केहि मात्रामा निजि र गैर सरकारी सस्थाहरुले काम गरेको पाईन्छ । त्यसैले निजि सरकारी साझेदारीमा आधारित अनुसन्धानात्मक बिउ बिजन कम्पनीको पनि ठुलो सम्भावना रहेको छ । किनकि नेपालमा विस्वमै अति दुर्लभ प्रकृतिको वातावरणिय जैबिकिय प्रणाली पाईन्छ । जस्तो तराइको ६० मिटर देखि चार हजार पाच सय मिटर सम्म अनुकूलित कृषि बालिहरुको खेति तथा अनुसन्धान गर्न सकिन्छ । यस्तो उधोगहरु निर्यातमुखि अर्थतन्त्रको लागि मेरुढण्डको रुपमा साबित हुन सक्छन । अनुकूलित कृषि पणाली नेपालको लागि मात्र नभै संसारकै लागि नयाँ र जलबायु परिबर्तनले गर्दा हुने खाद्य संकट बाट हुने क्षति न्यूनिकरण गर्ने उपाय हुन सक्छ । त्यसैले अबको आवस्यकता भनेको नै अनुकूलित जैबिक कृषि प्रबिधिको हो ।
नेपालमा जैबिक मल र जैबिक बिषादी उधोगको पनि ठूलो सम्भावना रहेको पाइन्छ । नेपालको अधिकांश जिल्ला सदरमुकाम सम्म यातायातको पहुच पुगे पनि ग्रामिण भेग सम्म पुग्न सकेको छैन । यस्तो अवस्थामा स्थानिय स्तरमै खोल्न सकिने जैबिक मल तथा बिषादी उधोगको पनि सम्भावना देखिन्छ । जस्तो नाइट्रोजन एव पोटास,फस्फोरस स्थिरिकरण गर्न सक्ने जिबाणुहरुको गुनात्मक संख्यमा बृदि गरेर पनि आयातित रसायनिक मल लाई बिस्थापन गर्न सकिछ । यस्ता बहूउपयोगी जिबाणुहरु यहिको माटोमा पाईन्छन । र बलिनालीमा प्रयोग गरेर कृषि उत्पादन बढाउन सकिन्छ । साथै बिषादि गुण भएका जिबाणुहरुमा आधारित उधोग को पनि स्थापना गर्न सकिन्छ । यि उधोगहरु वातावरण मैत्रि हुने भएकाले यसले मानब स्वास्थयमा असर पार्दैन ।
नबिकरणीय तथा जैबिक उर्जा खनिज उर्जाको तिब्र दहनले गर्दा उर्जा संकट हुने देखिन्छ । औधोगिक बिस्तारले तिब्र उर्जा माग बढिरहेको छ,दिनानुदिन उर्जा आपुर्ति घटिरहेको छ । नेपाल जैबिक उर्जाको लागि उर्बरभूमि बन्न सक्छ । उर्जा उत्पादनको लागि आवस्यक बिभिन्न तेलिय बनस्पतिहरु नेपालमा प्रसस्त पाईन्छन । जैबिक उर्जाको लागि विस्वमै सबै भन्दा बढि उपयुत्त मनिने सजिबन नेपालमा प्रचुर मात्रामा पाइन्छ । यस्तै चिउरी, खल्मे, गोखुर, अम्ड्ढि जस्ता बनस्पतिबाट पनि जैबिक उर्जा लाई बिस्थापन गर्न सकियो भने पनि करोडौको निर्यात कम गर्न सकिन्छ । नेपालमा जैबिक प्रबिधिमा आधारित नयाँ उधोगहरुको सम्भावना ठुलो रहेको छ । यसलाई अवसरको रुपमा लिइ नयाँ उधम को शुरुवात गर्न सकिन्छ भलै यसमा चुनौतीहरु पनि नहोलान भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस् >>
