पत्रकार बाँस्तोलालाई कारवाही प्रक्रिया अघि बढाइने

धरान/सुनसरीका पत्रकार सोमनाथ बाँस्तोलालाई पत्रकार महासंघ सुनसरीले कार्वार्ही गर्ने भएको छ । मङ्गलवार धरानमा बसेको पत्रकार महासंघ सुनसरीको बैठकले पत्रकार आचारसंहिता विपरीत पत्रकारीता गरेको, महासंघको गरीमालाई मर्दन गरेको र सर्वसाधारण, व्यापारीलाई भ्रमित र त्रसित पारेको आरोप लगाइएको छ ।
पछिल्लो समय काँग्रेस इटहरी नगर सभापती हेमकर्ण पौडेलबाट धम्की आएको भन्दै आफू कार्यरत् पत्रिका अन्नपूर्ण पोष्टमा समाचार प्रकाशन गरेपछि पौडेलसहित काँग्रेस पार्टीपंक्तीले आरोपको खण्डन गरेको थियो । समाचारबाट आफ्नो मानहानी भएको भन्दै काँग्रेस नगरसमिति इटहरी, २ नं. क्षेत्र र सुनसरी समितिले संयुक्त विज्ञप्ती जारी गरी महासंघ सुनसरीमा उजुरी दिएपछि महासंघले बाँस्तोलालाई 'के कस्तो धम्की पाएको हो, स्पष्ट पार्न' भन्दै स्पष्टीकरण दिन पत्र काटेको थियो ।
तीन दिनको समय दिएर पत्र काटिएपनि पत्रको जवाफ नदिएको र पौडेलले धम्की दिएको कहिँ कतै पुष्टि नभएको भन्दै महासंघले बाँस्तोलालाई आचरण सुधारको कारवाही गर्न लागेको जनाएको छ । यसअघि पनि बारम्बार चन्दा संकलन तथा व्यापारीलाई धम्की दिने घटनाहरुमा जनगुनासो आएपछि उनलाई कारवाही गर्न पत्रकारसँग सम्बन्धित विभिन्न संगठनहरुको संयुक्त छलफल डाकिएको महासंघले स्पष्ट पारेको छ ।
"बोलेकै थिइँन" : महासंघ सुनसरी उपाध्यक्ष यादव
धम्की पाएको भन्दै लेखिएको समाचारमा महासंघ सुनसरी उपाध्यक्ष सन्तोष यादवले नबोलेको कुरा छापेको समेत आरोप लगाइएको छ । समाचारमा महासंघ सुनसरी उपाध्यक्ष यादवले धम्कीको भत्र्सना गरेको भन्ने व्यहोरा उल्लेख थियो । यादवले आफूले उक्त घटनाको विषयमा नबोलेको भन्दै महासंघ सुनसरीको बैठकमा मौखिक स्पष्टिकरण दिएपछि बाँस्तोलालाई महासंघको मानमर्दन गरेको आरोप समेत लगाइएको छ ।
उता सप्तरी घर भइ सुनसरीको इनरुवाबाट कान्तिपुरको लागि समाचार संकलन गर्ने अवधेश झालाई कारवाहीको लागि प्रक्रिया अघि बढाइएको समेत महासंघ सुनसरीले जनाएको छ ।
पत्रकारितालाई हतियार बनाएर सुनसरीका केही पत्रकारहरु कमाउ धन्दामा लागेपछि जनस्तरबाटै व्यापक आलोचना उठ्न थालेको छ । समाचारका विभिन्न पक्षसँग अवैद्य सम्बन्ध राख्ने, रकम वार्गेनिङ गर्ने तथा ठेक्का लिने क्रम बढेपछि पत्रकारितामा शुद्धिकरणको आवाज उठ्न थालेको छ ।
पत्रकारिता आचरण विपरीत त्रास उत्पन्न गर्ने, वार्गेनिङ गर्ने पत्रकारहरुको बारेमा प्रमाण खुलाएर पत्रकार महासंघ सुनसरीमा उजुरी दिन पनि महासंघले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>