सशस्त्र प्रहरी द्वारा युरिया मल बरामद

सर्लाही जिल्लाको फुलपरासी २ बाट जेष्ठ ११ गते सशस्त्र प्रहरीको टोलीले करीब एक सय २० बोरा युरिया मल तथा सो मल ल्याउन प्रयोग भएको गाडी समेत बरामद गरेको छ ।
 सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सर्लाहीबाट खटिएको  टोलीले उक्त युरिया मल तथा सो मल ल्याउन प्रयोग गरिएको ना.४ ख ६९३४ नम्बरको वानटन गाडी बरामद गरेको हो ।
 भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा  उक्त मलसहित गाडी बरामद गरेको थियो । बरामद मल उक्त गाडीसहितै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यसैगरी,
पर्सा जिल्लाको सिर्सिया भन्ने स्थानबाट जेष्ठ १२ गते एपीएफ टोलीले करीब एक लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
 उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार गस्ती सुरक्षा बेस विरगंजबाट बरामद भएको हो ।
 भारतबाट अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको टोलीले उल्लेखित मूल्य बराबरको कुर्ता सलवार ३६ वटा, सटिङसुटिङको कपडा २० रोल र दुईवटा साइकल समेत बरामद गरेको छ ।
 सशस्त्रको टोलीले बरामद लत्ताकपडा आवश्यक कारवहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>