करेन्ट लागि मर्नेका परिवारलाई १० लाख
पाँचकन्या २ स्कुलडाडाकी ३५ वर्षीया राधा घिमिरेको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । ११ सय भोल्टको राष्ट्रिय प्रशारण लाइनको तारमा टेक्दा करेन्ट लागेर घटनास्थलम मृत्यु भएको स्थानीय रमेश बस्नेतले बताएका छन् ।
हावा हुण्डरीका कारण हिजो करिव विहान १० बजे तार चुटिएपछि मृतक घिमिरेकै जेठाजु गोकुलको घरको एउटा कोठामा आगो लागेको थियो । प्राधिकरणलाई बारम्बार जानकारी गराउँदा पनि नआएपछि त्यतिकै रहेको तारमा आगो लाग्न थालेपछि घरबाट उठेर उनीहरु भाग्ने क्रममा तार टेक्दा घटनास्थलमै मृत्यु भएको स्थानीय ईश्वर लामिछानेले बताए ।
मृतक घिमिरेलाई बचाउन जाँदा उनकी भतिजी १५ वर्षीया राधिकालाई पनि सामान्य चोट लागेको थियो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर ल्याइएको छ । करेन्टकै कारण मृत्यु भएपछि पीडितका आफन्तहरुले १० लाख क्षतिपूर्ति साथै मर्मत सम्भार गर्नु पर्ने र उपचार गरिदिनु पर्ने माग गर्दै विद्युत् प्राधिकरण विरुद्ध आन्दोलन गरेका थिए ।
आन्दोलनपश्चात् प्राधिकरण शाखाले नेपाल सरकारबाट प्राप्त हुने ५ लाख र कर्मचारीहरुले संकलन गरी ५ लाख गरी १० लाख दिने, उनको पोष्टमार्टम लगायतमा लाग्ने खर्च बेहोर्ने साथै विजुलीका पोलहरु सबै सिमेन्टका पोलहरु राख्ने र राधिकाको उपचारमा लागेको खर्च ब्यहोर्ने सहमति बनेको लामिछानेले बताए ।
भोजराज श्रेष्ठ १८ जेठ, धरान
प्रतिक्रिया दिनुहोस् >>