गर्मीमा छालाको हेरचाह


गर्मी मौसम सँगै छालामा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् । त्यसकारण गर्मीमा हुने छालाको समस्याबाट अलग रहने कुराबारे थाहा पाइराख्नुपर्छ । यसका लागि छालाको वनावट, हेरचाह गर्ने तरिकामा विषेश ध्यान दिनु जरुरी छ । जाडो, गर्मी वा वषा नै किन नहोस् छालाको रेखदेख गर्नुपर्छ । आफूलाई थाहा नभएमा दक्ष ब्युटिसियनसँग सल्लाह लिनुपर्छ । जुनसुकै कस्मेटिक प्रयोग गर्दा पनि आफूलाई सुट गर्ने वा नगर्ने भन्ने बारे राम्रोसँग थाहा पाउनुपर्छ । विषेशगरी, गर्मीमा सेन्सेटिभ पिम्पल्स हुनेलाई चालाको समस्याले धेरै सताउछ । समयमा नै सतर्कता अपनाउन नसके छाला बिग्रिन गई कुरुप पनि बन्न सकिन्छ ।

छालाको बनावट 
छाला शरीरको एक महत्वपूर्ण आवरण अंग हो । यसले घाम,पानी, धूलो, धुवा, किटाणु आदिबाट शरीरलाई बचाउछ र शरीरका लागि आवश्यक नपर्ने तत्वहरु पसिनामार्फत बाहिरन निकाल्छ । छालाले शरीरको तापक्रम बचाउछ । टाउको, हत्केला र पैतालाको छाला मोटो हुन्छ । ओठ र काखीको छाला पातलो र संवेदनशील हुन्छ । अन्य भागको छाला सामान्य हुन्छ । बाहिरी र भित्री गरी छालाका दुई तह हुन्छन् । यी दुई तहको बीचमा तेल ग्रन्थी र रोम छिद्र हुन्छ । तातो, चिसो पीडा आदिको अनुभूति यही झिल्लीबाट मस्तिष्क सम्म पुग्छ । पसिनाको ग्रन्थीले छालामा रहेको विकार पदार्थ नष्ट गर्नुको साथै शरीरको तापक्रमलाई तालमेल मिलाएर राखेको हुन्छ । स-साना रक्तनलीहरुले छालामा अक्सिजन र खाना पुर्‍याउने काम गर्छन् ।

छालाको कार्य 
शरीरलाई सुरक्षा गर्नु, सुरक्षामा निरन्तरता दिनु, श्वासप्रश्वास, विकार पदार्थलाई शरीर बाहिर निकाल्नु, शरीर सन्तुलनमा राख्नु, घाम, पानी, हावा र किटाणुबाट शरीरलाई बचाउनु छालाको काम हो । छालाले हाम्रो शरीरको तापक्रमलाई बाहिरी तापक्रमसँग तालमेल बनाएर सन्तुलनमा राख्ने काम गर्छ । छालाले बाहिरबाट अक्सिजन लिन्छ र कार्वनडाइअक्साइड बाहिर फ्याक्छ । छालाले शरीरको क्रिमलाई बचाउँछ र छाला नरम हुन्छ । छालाले मोइस्चर अपनाउने हुदा छाला नरम र चमक देखिन्छ । छालाको बाहिरी तहको ठिक मुनि हुने नरभेन्डिङले चिसो, तातो वा दुःखाइको अनभूति गराउाछ । छालाले शरीरमा हुने एसिडलाई सन्तुलनमा राख्छ ।

छालाको हेरचाह 
गर्मीयाममा छालालाई स्वस्थ राख्न प्रशस्त पानी पिउने, सन्तुलित खाना फलफूल, सागसब्जी खाने, सधै सकारात्मक कुरा मात्र सोच्ने, चिन्ता नलिने बानीले केहि हदसम्म छालालाई चमक गराउन सकिन्छ । यसका साथै सहि कस्मेटिकको छनोट, नियमित व्यायाम, घाममा हिड्दा छाताको प्रयोग, फेसियल वा फेस ल्किञ्जिङ १५ दिन वा १ महिनामा छालाको प्रकार हेरेर गर्नुपर्छ । यसैगरी, कम्प्याक्ट पाउडर अथवा लुज पाउडर छालाको प्रकार हेरेर प्रयोग गर्नुपर्छ । चिल्लो, पीरो, अमिलो, गुलियो कम खाने गर्नाले छालाको हेरचाह हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>